मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।
- जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिन लागेका हुन्।
- सरकार टिकाउन ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि अहिले सरकारसँग ६३ जना सांसदको समर्थन रहेको बताइएको छ।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। यसका लागि बिहान ११ बजे मधेस प्रदेश सभा बैठक बोलाइएको छ।
मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिन लागेका हुन्। मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो।
कानुनी व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ। हाल मधेस प्रदेश सभामा १०२ जना प्रदेश सभा सदस्य रहेका छन्। सरकार टिकाउन ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि अहिले सरकारसँग ६३ जना सांसदको समर्थन रहेको बताइएको छ।
सरकारलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका २६ तथा नेपाल कम्युनिस्ट पार्टीका १५ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।
उता, सरकारलाई समर्थन फिर्ता लिएपछि जनमत पार्टीभित्र भने आन्तरिक विवाद देखिएको छ। पार्टीले समर्थन फिर्ता लिए पनि जनमतबाट सरकारमा सहभागी अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा अझै पदमै कायम रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण