नागरिक उड्डयन प्राधिकरणमा आर्थिक अनियमितताको आरोप, प्रधानमन्त्री कार्यालयमा उजुरी
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणमा इकोनोमिक रिसोर्स प्लानिङ अन्तर्गत सफ्टवेयर खरिद तथा टेन्डर प्रक्रियामा आर्थिक अनियमितता भएको दाबीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ।
- करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको बहुवर्षीय आयोजनामा प्रशासन प्रमुख विनोद न्यौपाने, सूचना प्रविधि शाखा प्रमुख विष्णु गौतम लगायतका कर्मचारीको संलग्नता रहेको उजुरीमा उल्लेख छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उक्त विषयमा प्रारम्भिक अनुसन्धान अघि बढाइरहेको छ र टेन्डर प्रक्रिया, लागत निर्धारण तथा कार्यान्वयनसँग सम्बन्धित विभिन्न पक्षमाथि छानबिन भइरहेको छ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणभित्र आर्थिक अनियमितता भएको दाबीसहित उजुरी परेको छ। प्राधिकरणमा हाल सञ्चालनमा ल्याइएको इकोनोमिक रिसोर्स प्लानिङ अन्तर्गत निर्माण गरिएको सफ्टवेयर खरिद तथा टेन्डर प्रक्रियामा अनियमितता भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो ।
करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको बहुवर्षीय उक्त आयोजनामा प्रशासन प्रमुख विनोद न्यौपाने, सूचना प्रविधि शाखा प्रमुख विष्णु गौतम लगायतका कर्मचारीको संलग्नता रहेको जिकिर उजुरीमा उल्लेख गरिएको छ।
स्रोतका अनुसार उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रारम्भिक अनुसन्धान अघि बढाइरहेको छ। टेन्डर प्रक्रिया, लागत निर्धारण तथा कार्यान्वयनसँग सम्बन्धित विभिन्न पक्षमाथि छानबिन भइरहेको हो ।
यस्तै, आयोजनाको कार्यान्वयन दर देखाउनका लागि कर्मचारीहरूमाथि अनावश्यक दबाब सिर्जना गरिएको तथा आवश्यकताभन्दा बढी नियम लागू गरिएको आरोप समेत लागेको छ। केही कर्मचारीहरूले प्रशासनिक हस्तक्षेपका कारण कार्य वातावरण प्रभावित भएको गुनासो गरेका छन्।
यस विषयमा आरोपित पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण