मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

शुक्रबार, ०१ जेठ २०८३

काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ । 

ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । 

गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सिङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ ।

गीतको म्युजिक भिडियोमा सुरेश कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन्, भने सहायक कोरियोग्राफर नवीन पौडेल रहेका छन्।

लोक पप, आधुनिक र र्‍याप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो । उनका यसअघि उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छ कि छैन, नैना रेसम लगायत गीत चर्चामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया