बेइजिङमा गुलाबको फूल देख्दा ट्रम्प मोहित, सीले भने– बिउ पठाउँछु
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङस्थित झोङनानहाईको बगैंचामा सँगै घुमफिर गरे ।
- गुलाबको फूलको प्रशंसा गर्दै ट्रम्पले यसलाई संसारकै सबैभन्दा सुन्दर गुलाब बताए ।
- सी जिनपिङले ह्वाइट हाउसको रोज गार्डेनका लागि गुलाबको बीउ उपहारस्वरूप पठाउने बताए ।
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले निजी भेटवार्तापछि बेइजिङस्थित झोङनानहाईको बगैंचामा सँगै घुमफिर गरे । करिब १० मिनेट लामो निजी छलफलपछि दुवै नेता बगैँचातर्फ गएका थिए ।
यहाँ रहेका गुलाबका फूलहरू देखेपछि ट्रम्पले प्रशंसा गर्दै भने, ‘यी संसारकै सबैभन्दा सुन्दर गुलाब हुन् ।’
पत्रकारहरूले भ्रमण कस्तो भइरहेको छ भनेर प्रश्न गर्दा ट्रम्पले औँला उठाएर सकारात्मक संकेत दिएका थिए । त्यस क्रममा चिनियाँ सुरक्षाकर्मीहरूले प्रश्न नगर्नुहोस् भन्दै सञ्चारकर्मीलाई रोक्ने प्रयास गरेका थिए ।
दुवै नेता हरियो स्तम्भ र चराचुरुङ्गी तथा परम्परागत चिनियाँ पहाडी दृश्यले सजिएका मार्ग हुँदै एउटा सानो चौतारीसम्म पुगेका थिए, जहाँ उनीहरूले संयुक्त तस्बिर खिचाए ।
पछि ट्रम्प र सी एक आकर्षक ठाउँमा बसेका थिए, जहाँ सी जिनपिङले अनुवादकमार्फत झोङनानहाइको इतिहासबारे जानकारी दिए । उक्त भेटमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ, विदेश मन्त्री मार्को ?बियो तथा अर्थमन्त्री स्कट बेसेन्ट पनि सहभागी थिए ।
बगैँचाबाट चिया कक्षमा जाँदै गर्दा सी जिनपिङले ट्रम्पलाई ह्वाइट हाउसको रोज गार्डेनका लागि गुलाबको बीउ उपहारस्वरूप पठाउने बताए । यसको जवाफमा ट्रम्पले आफूलाई गुलाब मन परेको भन्दै उपहारमा बिउ पठाउने कुरालाई निकै राम्रो भनेका थिए ।
‘पारस्परिक व्यापार जस्तै यो भ्रमण पनि पारस्परिक हुनेछ,’ ट्रम्पले भने । यस क्रममा ट्रम्पले सी सेप्टेम्बर २४ मा अमेरिका भ्रमणमा आउने आशा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण