अपडेट
राखेपले एन्फामाथि लगाएको निलम्बन फुकुवा
शुक्रबार, ०१ जेठ २०८३, १६ : २५
सारांश
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथिको निलम्बन फुकुवा गरेको छ ।
- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतसँग एन्फा पदाधिकारीले छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।
- राखेपले निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निलम्बन फुकुवा गरेको हो ।
एन्फा पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको एन्फाका प्रवक्ता सुरेश शाहले जनाएका छन् ।
राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण