बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल एयरलाइन्सको ऋण तिर्नु पर्ने दायित्व ५५ अर्ब

शुक्रबार, ०१ जेठ २०८३, १७ : २३
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको ऋण दायित्व बढेर ५५ अर्ब पुगेको छ।
  • महालेखा परीक्षकको कार्यालयको ६३ औं वार्षिक प्रतिवेदन अनुसार, एयरलाइन्सले २०७० र २०७४ मा सरकारको जमानीमा ३६ अर्ब ऋण लिएको थियो।
  • साँवाब्याज भुक्तानी नगर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने दायित्व क्रमशः ३१ अर्ब ३३ करोड र २१ अर्ब १२ करोड पुगेको छ।

काठमाडौँ । नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ ।

शुक्रबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले यस्तो जनाएको हो । प्रतिवेदन अनुसार सरकारको जमानीमा एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो। 

तर उक्त ऋणको तिर्नुपर्ने दायित्व बढेर अहिले ५५ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो। 

तालिका अनुसार साँवाब्याज भुक्तानी नगरेका कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड पुगेको छ। दुवै कोषको गरेर एयरलाइन्सको दायित्व ५५ अर्ब ४ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप