महालेखाको प्रतिवेदन : करोडौँका मेसिन बंकरमा, राज्यकै संरक्षणबाट ५७५ बालबालिका बेपत्ता
सारांश
- महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सरकारी अस्पतालमा करोडौँका मेसिन प्रयोगविहीन भई खिया लागिरहेका छन् ।
- क्यान्सर अस्पतालको टेलिथेरापी मेसिन ४ वर्षदेखि बङ्करमा थन्किएको छ भने राष्ट्रिय ट्रमा सेन्टरको ५ करोड ३७ लाखको क्याथल्याब मेसिन ९ वर्षदेखि प्रयोगमा छैन ।
- राष्ट्रिय बाल अधिकार परिषद्ले उद्धार गरेका ८ हजार ७९२ बालबालिकामध्ये ५७५ जना राज्यकै संरक्षणबाट बेपत्ता भएका छन् ।
काठमाडौँ । सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाइरहेका छन् । तर सरकारी अस्पतालमा खरिद गरिएका करोडौँका मेसिन प्रयोगविहीन भएर खिया लागिरहेको देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । महालेखाका अनुसार बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४ वर्षअघि ल्याइएको ‘टेलिथेरापी मेसिन’ पूर्ण रूपमा प्रयोगविहीन भई अस्पतालको बङ्करमा फालिएको छ । जसको रेडियोधर्मी स्रोतको आयु सकिँदै गएर विकिरणको जोखिमसमेत बढेको छ ।
त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाखको क्याथल्याब मेसिन ९ वर्षदेखि थन्किएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल र नेपाल प्रहरी अस्पतालमा करोडौँका सीटीस्क्यान, भेन्टिलेटर र एमआरआई मेसिन वर्षौँदेखि प्रयोगविहीन छन्।
राज्यकै संरक्षणबाट ५७५ बालबालिका बेपत्ता
प्रतिवेदनले बेपत्ता बालबालिका सम्बन्धमा सबैभन्दा गम्भीर र संवेदनशील विषय समेत औँल्याएकाे छ । प्रतिवेदन अनुसार राष्ट्रिय बाल अधिकार परिषद्ले यो वर्ष हराएका, बेवारिसे र सडकबाट ८ हजार ७९२ बालबालिकाको उद्धार गरेको थियो।
तर उद्धार गरेर अस्थायी पुनर्स्थापना केन्द्रमा राखिएकामध्ये ५७५ जना बालबालिका राज्यकै संरक्षणबाट बेपत्ता (हराएका) छन् । उनीहरू कहाँ गए भन्ने सरकारी निकायलाई नै पत्तो छैन ।
मृत्यु भएका मान्छेको नाममा पनि भत्ता निकासा
सामाजिक सुरक्षा भत्ता वितरणमा बेथिति देखिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मृत्यु भएका व्यक्तिहरूको खातामा समेत सामाजिक सुरक्षा भत्ता गइरहने जोखिम नियन्त्रण गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
निष्क्रिय र मृत्यु भइसकेका लाभग्राहीको खाता ट्र्याक गर्ने प्रणाली नहुँदा राज्यको करोडौँ रकम दुरुपयोग भइरहेको महालेखाले औँल्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण