कन्सल्टेन्सीबाट ठगिएको भए सम्पर्कमा आउन प्रहरीको आग्रह
सारांश
- प्रहरीले विदेशमा पढ्न पठाउने आवरणमा कन्सल्टेन्सीबाट ठगिएकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
- उपत्यकाको ९५ वटा कन्सल्टेन्सीमा छापा मारेर ६९ जना सञ्चालकलाई पक्राउ गरिएको छ।
- कन्सल्टेन्सीहरूले सरकारले तोकेको मापदण्ड नपुर्याई इजाजत बिना नै सेवा प्रदान गरेको भेटिएको छ।
काठमाडौँ । प्रहरीले विदेशमा पढ्न पठाउने आवरणमा कन्सल्टेन्सीबाट ठगिएकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
शुक्रबार प्रहरीले काठमाडौँ, भक्तपुर र ललितपुरका कन्सल्टेन्सीमा छापा मारेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेपछि सार्वजनिक सूचना जारी गरेर पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
उपत्यकाको ९५ वटा कन्सल्टेन्सीमा छापा मारेर ६९ जना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । शैक्षिक परामर्श केन्द्र र कन्सल्टेन्सीहरूले विदेश पठाइदिन्छु भनेर ठग्ने गरेको उजुरीको आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको एसएसपी खड्काले जानकारी दिए ।
कन्सल्टेन्सीहरूले सरकारले तोकेको मापदण्ड पुर नगरेको र बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएको भेटिएको छ।
विदेशमा पढ्न पठाउने वा शैक्षिक परामर्श दिने आवरणमा ठगिएको भएमा टेकु स्थित आफ्नो कार्यालयमा सम्पर्क गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण