चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
डोङफेङ । चीनले शुक्रबार लिजियान वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२ः३३ बजे (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्याएको जनाइएको छ ।
यो मिसन लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृङ्खलाको १४औँ प्रक्षेपण हो । हालसम्म लिजियान शृंखलाले कुल १०० वटा उपग्रह अन्तरिक्षमा पठाइसकेको छ भने कक्षामा स्थापित सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको छ ।
चीनद्वारा विकसित लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता रहेको छ । कम्पनीका अनुसार यसले सार्वभौमिक प्लेटफर्ममा आधारित डिजाइन अपनाएको छ, जसले विभिन्न प्रकारका उपग्रह मिसनहरूसँग सजिलै अनुकूलन हुन सक्ने सुविधा प्रदान गर्दछ ।
यस प्रक्षेपणमा पठाइएको ‘तियानयान–२७’ नामक उपग्रहमा अन्तरिक्ष प्रदर्शन स्क्रिन, अन्तरिक्ष निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा तथा स्मार्ट डाटा प्रशोधन प्रणाली जडान गरिएको छ ।
यस उपग्रहले नयाँ इन्फ्रारेड दूरसंवेदी प्रविधिको कक्षीय परीक्षण गर्नुका साथै अन्तरिक्षमा प्रदर्शन, सेल्फी खिच्ने तथा बुद्धिमत्तापूर्ण डाटा प्रशोधनसम्बन्धी कार्यहरू गर्नेछ ।
कम्पनीले आगामी दिनमा मोड्युलर समग्र डिजाइन, रकेट पुनःप्रयोग तथा सम्पूर्ण रकेटको स्वास्थ्य निगरानी र मर्मतजस्ता क्षेत्रमा थप अनुसन्धान र विकासलाई निरन्तरता दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण