श्रद्धाः गन्तव्यमा पुर्याउने राजमार्ग
सारांश
- श्रद्धा भनेको आफूलाई जोड्ने भावतत्व हो, जसले व्यक्तिलाई निश्चित लक्ष्यमा पुग्ने ऊर्जा प्रदान गर्दछ ।
- शब्दकोष अनुसार श्रद्धा भनेको आदर्श गुण, विशिष्ट कुरा, वा महत्वपूर्ण शक्तिप्रति उत्पन्न हुने आदरपूर्ण भावना हो ।
- सम्मान, प्रेम, निष्ठा, साधना, पूजा, हवन, धैर्यता, तपस्या, र भक्तिभाव जस्ता विभिन्न व्यवहारिक पक्षहरू श्रद्धाकै रूप हुन् ।
श्रद्धा भन्ने बित्तिकै हामीले कसैलाई मान गर्नु, मान्नु भन्ने बुझ्छौँ । यत्ति मात्रमा न अडिएर यसलाई विस्तारपूर्वक मनन गर्नुपर्ने हुन्छ । गहिरो अर्थमा हेर्दा जोसँग ध्यान, मन जोडिन्छ अर्थात् जेले आफूलाई जोड्दछ त्यही भावतत्व हो श्रद्धा । आफूmलाई जोड्नु भनेको आत्मा परमात्मासँग जोडिनु हो भनिन्छ । यस भनाइ भित्र रहेर जगतको व्यवहारलाई पनि हेर्नुपर्ने हुन्छ । निचोडमा भन्नुपर्दा व्यक्तिको आफ्नो निश्चित लक्ष्यलाई लिएर गन्तव्यमा पुग्ने तागत अर्थात् मूल ऊर्जा नै श्रद्धाभाव हो ।
श्रद्धाको अर्थ शब्दकोषमा यसरी लेखिएको छ– देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्वपूर्ण शक्ति आदिबाट मन प्रभावित भई तिनकाप्रति उत्पन्न हुने आदरपूर्ण भावना, ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रति आस्था, विश्वास, निष्ठा, भक्तिभाव हो । श्रद्धान्जली, श्रद्धेय, श्रद्धास्पद, श्रद्धावान, श्रद्धालु, श्रद्धान्जली आदि शब्दहरू श्रद्धाबाट नै बनेका छन् । यी सबैले दर्शाउने भनेको कुनै व्यक्ति, अवस्था, परिस्थति वा वस्तुप्रति गहन आस्था र विश्वासको भाव हो भन्ने देखिन्छ ।
यसैगरी हाम्रा शास्त्रहरूका अनुसार, शास्त्र र गुरुप्रतिको पूर्ण विश्वासलाई श्रद्धा भनेको पाइन्छ । श्रद्धावान लवते ज्ञानं भनिएको छ श्रीमदभगवतगीतामा । कसैप्रति प्रश्न रहित अवस्था अर्थात् पूर्ण स्वीकार एवं मौनतामाको अवस्था हो श्रद्धा । जसप्रति आस्था छ त्यही कुरामा श्रद्धा हुन्छ । व्यवहारमा हेर्दा यी सबै अवधारणाहरू पनि बृहदस्तरका भए । श्रद्धालाई अझै व्यवहारिक रूपमा स्पष्ट हुनुपर्ने हुन्छ ।
सबैबेला, सबै चिजमा श्रद्धा हुन्छ भन्ने छैन । भोक लागेको मान्छेले एकमुठि चना पाएमा भोक मेट्छ भन्ने श्रद्धाले खान्छ । भोक नलागेको बेला जस्तै स्वादिष्ट मिष्ठान्नमा ध्यान जाँदैन । त्यस्तै विद्वानप्रति श्रद्धा हुनेले उसको ज्ञानलाई आफूमा सार्न अर्थात् ग्रहण गर्नसक्छ । श्रद्धा नभएको अर्थात् मन नपरेको मान्छेसँग उसबाट परम् ज्ञान पाइन्छ भने पनि कोही नजिक पर्दैन ।
त्यसैले श्रद्धा शब्दलाई नियालेर व्यवहारिक पक्षमा हेर्दा विषय र परिस्थिति अनुसार विभिन्न रूपमा रहेर एउटै भाव दिने हुन्छन् । यस लेखमा यस्ता केही प्रसङ्गलाई केलाउने प्रयास गरिएको छ ।
सम्मान, प्रेम र स्नेह
हाम्रो समाजको बोलीचालीमा समय र सन्दर्भ अनुसार विभिन्न प्रकारका समानार्थी शब्द प्रयोग गर्दछौँ । आफूmभन्दा ठूलालाई सम्मान र सानालाई प्रेम वा स्नेह गर्ने भन्दछौँ । आमाबाबुलाई आदर वा सम्मानपूर्वक साथ दिइन्छ । आदर, सम्मान, प्रेम र स्नेह श्रद्धाकै रूप हुन् । छोराछोरी हुर्काउदा, बढाउँदाको मेहनतको मूल्य निकाल्न सकिदैन । यी सबै कार्यहरू कर्तव्य र मानवताका नातामा हेर्दा श्रद्धाकै उपज हुन् ।
निष्ठा, साधना र अभ्यास
यस्तै आफ्नो लक्ष्यमा अडिग रहनुलाई निष्ठा भन्छौँ । निरन्तर लागिरहनुलाई साधना वा अभ्यास भन्छौँ । जुनकाममा श्रद्धा छ त्यही काम निष्ठापूर्वक गरिन्छ । आफूmले लिएको लक्ष्यमा निष्ठा नभए अभ्यास गरिदैँन । निष्ठा विनाको कामले अपेक्षित प्रतिफल दिँदैन र फल दिए पनि खुसी बनाउँदैन । निष्ठा भएको कामले मात्र आत्मसम्मान बढाउँछ । यस सन्दर्भमा निष्ठा र अभ्यासलाई जन्माउने काम श्रद्धाबाट भएको हो ।
पूजा वा हवन
यसैगरी देवताको स्मरण गदैँ पूmल, अक्षता, चन्दन चढाउने कामलाई पूजा भन्छौँ । देवतालाई र पितृलाई सम्झेर घिउ, चामलको हवन गर्छौँँ । यस सन्दर्भ हामीलाई लाग्छसक्छ हवन घिउ चामलको मात्र हुन्छ । खासगरेर व्यक्तिमा मुख्यरूपमा ६ प्रकारका दोषहरू हुन्छन् भनिएको छ ।
ती हुन् काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य । यी भावहरू कुनै समय हामी सबैको अनुभवमा आएको हुन्छ । वास्तवमा घिउ चामलका साथमा आफ्ना तिनै ६ दोषको हवन गर्ने हो भन्नेकुरा उल्लेख गरिएको छ । देवतालाई खुसी पार्ने निहुमा होस् वा आफूmमा रहेका दोष हटाउने मानसिकताले होस्, हामी यस्ता काम श्रद्धापूर्वक गर्दछौँ ।
यस ब्रह्माण्डमा भएका तर व्यवहारमा नआइसकेका कुरा पत्ता लगाउने काममा संलग्न हुनेहरूलाई पहिला ऋषि भनिन्थ्यो । आजकल त्यस्ता कार्य गर्नेलाई बैज्ञानिक अर्थात् अनुसन्धानकर्ता भनिन्छ । ती सबैले समय, तन, मन र धनको हवन गरेका हुनछन् । यसैगरी परिवार, देश, समाज र विश्वमानवतामा लागि गरिने अनुसन्धानहरू श्रद्धाकै उपज हुन् ।
धैर्यता र तपश्या
हामीले कुनै ठाउँमा पुग्ने वा केही गर्ने लक्ष्य लिइन्छ भने त्यस काममा निरन्तरता दिनुपर्छ । बाटोमा आइपर्ने सबै चुनौती, दुःख—सुख व्यहोर्छु भनेर स्वीकार गरिन्छ । गर्दैजाँदा जुनसुकै बाधा, अडचन पनि धैर्यतापूर्वक छिचोल्दै जानुपर्ने हुन्छ । यस सन्दर्भमा हेर्दा, यहाँ धैर्यताले श्रद्धाको स्थान लिएको देखिन्छ ।
विद्यार्थीले पढाइमा, किसानले बालीनालीको उत्पादनमा, राजनीतिज्ञले सामाजिक सेवामा लाग्ने जाँगर श्रद्धाले नै दिन्छ । हिमाल चढ्नेले धेरै वर्षको निरन्तर अध्ययन ,अभ्यासकोे तपश्याले मात्र सफल हुन्छ । तपश्या निलाहार बसेर, मन्दिर, ओडार वा नदी किनारमा बसेर मात्र गरिदैन ।
जुनसुकै कामका लागि पनि निरन्तर गरिएको मेहनत उसको तपश्या हो । चाख भएको काममा चिन्तन चलिरहन्छ मनमा । यस मानेका चाख जगाउने काम श्रद्धाले नै गरेको हुन्छ र ऊ सफल बन्छ । डाक्टर, इन्जिनियर लगायत सबै पढाइ श्रद्धा विना अगाडि बढ्दैन । डाक्टर बनिसकेपछि पनि अर्काको जिउ ज्यानको जिम्मा लिएर काम गर्ने साहास चाहिन्छ । यसमा पेशा प्रतिको सहास, धैर्यता श्रद्धाले दिएको हुन्छ ।
यसैगरी खेलाडीको लगाव खेल प्रति हुन्छ । आफ्नो चाखको खेललाई सहयोग पु¥याउने खालका स्वदेशी तथा विदेशी पत्रपत्रिका अध्ययन गर्छ । कसैको सफलता र असफलताका अवस्था र कारण खोतल्छ । त्यस्ता परोक्ष ज्ञानबाट आफूmलाई तिखार्छ । उसको संगत वा सम्बन्ध पनि सोही लगाव र व्यवहार भएकासँग मात्र हुन्छ । सम्वन्धित खेलका विषयमा ऊ कुनै अनुसन्धानकर्ता भन्दा कम हुँदैन । उसको काममा लगाव रहिरहनु श्रद्धाकै उपज हो ।
भक्तिभाव
ईश्वर, मान्यजन प्रति गरिने आदर, सत्कार भक्तिभाव हो । श्रद्धा भएको काममा भक्तिभाव हुन्छ । भक्ति शब्दको बढी प्रयोग हामी मान्यजन, गुरु र इश्वरप्रति गरिन्छ । शास्त्रीय र आध्यात्मिक आधारमा हेर्दा गुरुभक्ति नै सिकाइको पूर्वशर्तका रूपमा लिइन्छ । भनिन्छ, गुरुसत्ताप्रति श्रद्धा छैन भने ब्यक्तिले केही सिक्न वा अनुभव गर्न सक्दैन । यहाँ भक्ति र श्रद्धा सोझो पर्यायवाची बनेर आएका छन् ।
श्रद्धा किन चाहिन्छ ?
व्यक्तिका लागि श्रद्धा नै निरन्तरता र सफलताको कडी हो । वास्तवमा, हाम्रो सनातन धर्ममा प्रकृति प्रदत्त हरेक कुरामा श्रद्धा गर्न सिकाइयो । त्यसैले पञ्चमहाभूतको रूपमा रहेका हावा, घाम, पानी, पृथ्वी, आकाश सबैलाई श्रद्धा गर्छौँ । सामाजिक हिसाबले हेर्दा लवाइ—खवाइ चाडवाड, आदिमा सरिक हुनु भनियो । आमाबाबु गुरु र मान्यजन प्रति झुक्न सिकाइयो । श्रद्धा जीवित व्यक्तिमा मात्र हुन्छ भन्ने छैन ।
मृतक बाबुआमा श्रद्धाभावले हरेक वर्ष स्मरण गर्ने संस्कृति चलाइयो । यस्ता चलन हिन्दू परम्परामा मात्र नभै सबै धर्म र सम्प्रदायमा भएकै हुन्छन् । यिनै संस्कार र संस्कृति समाजका पहिचान हुन् । यस्ता सबै कार्यहरू सामाजिक श्रद्धाकै कारण चलेका र निरन्तरता पाएका हुन्छन् ।
वास्तवमा, हामीले जानेर वा नजानेर, मानेर वा नमानेर जुनसुकै काम पनि श्रद्धापूर्वक गरिरहेकै हुन्छौँ । आफ्नो शरीरप्रति श्रद्धा छ र त सात्त्विक खाना खान्छौँ, सरसफाइ गर्छौ, विश्राम गर्छौँ । मन र भाव शुद्ध बनाउन योग, व्यायाम, प्राणायाम र ध्यान गछौँ । चेतनाको ऊर्जा जगाउन ध्यान गर्छौँ । खासमा भन्नुपर्दा व्यक्तिको मन जेमा जोडिन्छ, त्यही गर्दै र त्यस्तै बन्दै जान्छ । हामीले विभिन्न सन्दर्भमा गरिने अभ्यास, धैर्यता, उत्साह, साहस, प्रेम, भक्ति यी सबै श्रद्धाका रूप रहेछन् । यसैगरी पूजा, निष्ठा, ध्यान, तपश्या, हवन, साधना पनि श्रद्धाकै पर्यायवाची हुन् ।
श्रद्धा भनेको आफूप्रति, व्यक्ति, समाज र कामप्रति हुने आन्तरिक भाव हो । समय र परिस्थितिले भिन्न शब्दावली प्रयोग भएका मात्र हुन् । जुनसुकै क्षेत्र वा सन्दर्भ र परिस्थितमा आफूले गर्ने काम र कर्तव्यमा मन निरन्तर जोडिनु नै श्रद्धा हो ।
श्रद्धापूर्वक गरिएको कार्यले मात्र व्यक्तिको जीवनमा लक्ष्य चुमेको हुन्छ । श्रद्धाका विषयमा एक–एक उदाहरण लिएर सम्भव छैन । उल्लेखित केही सन्दर्भहरूलाई नियाल्दा व्यक्तिलाई गन्तव्यमा पुर्याउने राजमार्ग नै श्रद्धा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण