इटालीमा पैदल यात्रीमाथि कारले ठक्कर दिँदा ८ घाइते, ४ को अवस्था गम्भीर
सारांश
- उत्तरी इटालीको मोडेना शहरमा एक व्यक्तिले पैदल यात्रुहरूको भीडमा कार चलाउँदा ८ जना घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
- स्थानीय मानिसहरूले करिब ३० वर्षका चालकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
- इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस घटनालाई अत्यन्त गम्भीर मानेकी छिन् र यदि यो पूर्वनियोजित आक्रमण प्रमाणित भएमा अझ गम्भीर हुने मेयरले बताएका छन् ।
काठमाडौँ । उत्तरी इटालीको मोडेना शहरमा एक व्यक्तिले आफ्नो कार पैदल यात्रीहरूको भीडमा लगेर ठक्कर दिँदा ८ जना घाइते भएका छन् । , घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
घाइतेमध्ये एक महिलाको दुवै खुट्टा किचिएको बताइएको छ ।
घटना लगत्तै स्थानीय मानिसहरूले करिब ३० वर्षका ती चालकलाई लखेटेर पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस घटनालाई अत्यन्त गम्भीर घटनको रूपमा वर्णन गरेकी छिन् । सहरका मेयर मासिमो मेजेतीले यदि यो पूर्वनियोजित आक्रमण भएको प्रमाणित भएमा यो अझ गम्भीर हुने बताएका छन् ।
घटना स्थानीय समयअनुसार दिउँसो ४ः३० बजे मोडेना शहरको केन्द्रमा भएको थियो ।
एक प्रत्यक्षदर्शीले भने, ‘हामीले कार नजिक आइरहेको देख्यौँ, त्यो फुटपाथतिर सोझिएको थियो ।’ ‘अचानक त्यसले गति बढायो कम्तिमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा थियो,’ ती प्रत्यक्षदर्शीले इटालियन मिडियालाई भने, ‘हामीले मानिसहरू हावामा उडेको देख्यौँ ।’
मोडेनाका मेयरका अनुसार, चालकले ‘जानाजान फुटपाथमा गाडी चलाएको, धेरै मानिसहरूलाई ठक्कर दिएको र एउटा पसलको सिसामा ठोक्काएको’ देखिन्छ ।
इटालीका उपप्रधानमन्त्री म्याटियो साल्भिनीले सामाजिक सञ्जाल एक्समा संदिग्धको नाम सलिम एल कौद्री भनेर पहिचान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण