खानेपानी संस्थालाई ऋणले च्यापेपछि...
दाङ । दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ । सङ्घको शनिबार भएको ११औँ साधारणसभाबाट महसुल वृद्धि गरिएको हो । संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रुपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ ।
संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको रु एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको रु ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो । जसमध्ये अहिलेसम्म नगर विकास कोषलाई सावाँ र ब्याज गरी रु एक करोड २६ लाख ३२ हजार ३९४ मात्रै तिरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम तिर्नका लागि पनि ताकेता गरिरहेको छ । यसले गर्दा खानेपानीको महसुल बढाउनुपर्ने अवस्था आएको सचिव वलीले बताए ।
संस्थाको रु ३२ करोड छ लाख लागतमा सहलगानीको काम भएको हो । नेपाल सरकारको सहलगानी आयोजनाअन्तर्गत भएको काममा सरकारले रु ३० करोड ७३ लाख ६५ हजार उपलब्ध गराएको थियो । त्यसको २० प्रतिशत उपभोक्ताले तिर्नुपर्ने हुन्छ । त्यही उपभोक्ताले तिर्नुपर्ने रकमका लागि लिइएको ऋण तथा सापटी तिर्न निकै कठिन भएको छ । हाल खानेपानीको वार्षिक आम्दानी रु ७० लाख हाराहारीमा रहेको कोषाध्यक्ष वसन्त थापाले बताए ।
साधारण सभाले कार्यसमितिको कार्यकाल चार वर्ष बनाएको छ । यसअघि तीन वर्षे कार्यकाल थियो । त्यसलाई बढाएर चार वर्षे बनाइएको अध्यक्ष प्रदीप गौतमले बताउनुभयो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले साना खानेपानी संस्थाहरूलाई नजिकैको ठुलो खानेपानी संस्थामा मर्ज गर्ने बताउनुभयो । त्यसो गर्दा नै राज्यको लगानी सही रूपमा सदुपयोग हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण