काठमाडौँको थानकोटमा घरायसी विवादमा युवकको हत्या, भिनाजु पक्राउ
सारांश
- काठमाडौँको थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।
- महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् ।
- प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित हत्यामा संलग्न समि अहमदलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार गएराति करिब ९:१५ बजे उनीहरूबिच घरायसी विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षका जाकिरमाथि प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ९:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका–५ हो ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समि अहमदलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण