५६ लाख बराबरको भन्सार छलीको भेप बरामद
सारांश
- सिन्धुपाल्चोकबाट प्रहरीले भन्सार छली गरी ल्याइएको करिब ५६ लाख ७० हजार मूल्य बराबरको १६ सय २० थान भेप बरामद गरेको छ ।
- चीनबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त भेपसहित ८ जनालाई पक्राउ गरिएको छ ।
- पक्राउ परेका ८ जनालाई थप अनुसन्धान र कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ ।
काठमाडौँ । प्रहरीले सिन्धुपाल्चोकबाट भन्सार छलेर ल्याएको भेप ‘इलेक्ट्रिक चुरोट’ बरामद गरेको छ । जेठ १ मा भोटेकोसी गाउँपालिका वडा नम्बर–३ स्थित गंजेखोलाबाट १६ सय २० थान भेप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी जेशी साहले रातोपाटीलाई बताए ।
सो भेपको बजार मूल्य ५६ लाख ७० हजार अनुमान गरिएको छ । चीनबाट लुकाएर ल्याउँदै गरेको भेप सहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका वडा नम्बर–४ घर भएका ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकाश विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मङ्गलबहादुर थामी, बाह्रबिसे घर भएका ४२ वर्षीय कान्छा तामाङ र ३३ वर्षीय कैलाश तामाङ छन् ।
आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी तातोपानी भन्सार कार्यालयमा बुझाइएको डीएसपी शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण