संसद्ले खोजिरह्यो प्रधानमन्त्री बालेनको बोली, अरू देशमा के छ परम्परा ?
काठमाडौँ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेपछिका केही दिन प्रधानमन्त्री बालेन्द्र शाहको बोलीको खोजी तीव्र भयो । किनकि राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बिचमै उठेर हिँडेका प्रधानमन्त्री बालेन त्यसपछि संसद् बैठकमा देखिएनन् ।
उनले ‘नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पनि राखेनन् । यो काम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे । त्यसपछि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने परम्परा पनि उनले तोडिदिए । त्यसक्रममा विपक्षी दलहरूले संसद् बैठक नै अवरुद्ध गरे, तैपनि प्रधानमन्त्री बालेन उपस्थित भएनन् । सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. वाग्लेले नै दिए ।
प्रधानमन्त्री बैठकमा आउनुपर्ने र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने विपक्षी सांसदहरूको माग अधुरै रह्यो । किनकि नीति तथा कार्यक्रम संसद्मा पेस भएर छलफलपछि बहुमतले पारित भइसकेको छ ।
प्रधानमन्त्री बालेन किन संसद्देखि भागिरहेका छन् ? संसदीय प्रणाली भएको देशमा प्रधानमन्त्री यस्तो गर्नु ठीक हो ? अरू देशमा के छ प्राक्टिस ? भिडियोमा हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण