केरलमा कांग्रेस नेतृत्वको नयाँ सरकार, मुख्यमन्त्री सतीशन र २० मन्त्रीले आज शपथ लिँदै
सारांश
- केरलमा कांग्रेस नेता वीडी सतीशनले मुख्यमन्त्री पदको शपथ लिने भएका छन्।
- मुख्यमन्त्री सतीशनसहित २० जना मन्त्रीले आज केरलको राजधानी तिरुवनन्तपुरममा शपथ लिनेछन्।
- यसअघि भएको निर्वाचनमा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धनले १०२ सिटमा जित हासिल गरेको थियो।
तिरुवनन्तपुरम । भारतकाे केरल राज्यमा सोमबार कांग्रेस नेता वीडी सतीशनले मुख्यमन्त्री पदको शपथ लिने भएका छन्।
मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण समारोह केरलको राजधानी तिरुवनन्तपुरमस्थित सेन्ट्रल स्टेडियममा भारतीय समयअनुसार बिहान १० बजे सुरु हुने तालिका छ।
केरलमा युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) को नयाँ सरकारमा मुख्यमन्त्रीका साथै २० जना मन्त्रीले पनि शपथ लिनेछन्। मन्त्री बन्ने नेताहरूको नाम आइतबार नै सार्वजनिक भइसकेको छ।
यस विशेष समारोहमा भाग लिन कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गे, कांग्रेस नेता राहुल गान्धी र सांसद प्रियङ्का गान्धी वाड्री तिरुवनन्तपुरम आइपुग्ने कार्यक्रम छ।
नयाँ सरकार गठनसँगै कांग्रेसले विधानसभा सभामुख र उपसभामुखको पद पनि आफ्नै पक्षमा राखेको छ। कांग्रेसले ‘तिरुवनचुर राधाकृष्णन’ लाई विधानसभा सभामुख र ‘शनिमोल उस्मान’ लाई उपसभामुख बनाउने निर्णय गरेको छ।
केरल विधानसभाको १४० सिटका लागि गत चैत २७ गते (९ अप्रिल) मा मतदान भएको थियो। गत ४ मेमा सार्वजनिक भएको मतपरिणाममा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धनले १०२ सिटमा सानदार जित दर्ता गर्दै सरकार बनाउने स्पष्ट बहुमत प्राप्त गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण