मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीलाई स्वीडेनको सर्वोच्च सम्मान

सोमबार, ०४ जेठ २०८३, १० : १४
सोमबार, ०४ जेठ २०८३

सारांश

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वीडनको सर्वोच्च सम्मान 'रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस' प्रदान गरिएको छ।
  • यो सम्मान कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई मात्र दिइने स्वीडेनको सर्वोच्च नागरिक सम्मान हो।
  • प्रधानमन्त्री मोदीलाई स्वीडेनको ग्योथेनबर्ग सहरमा आयोजित समारोहमा यो सम्मान दिइएको हो, जुन उहाँले पाएको ३१ औँ अन्तर्राष्ट्रिय सम्मान हो।

स्टकहोम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वीडेनमा ‘रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस’ सम्मान प्रदान गरिएको छ। 

यो स्वीडेनको सर्वोच्च सम्मान हो, जुन कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई मात्र दिने गरिन्छ।

प्रधानमन्त्री मोदीलाई स्वीडेनको ग्योथेनबर्ग सहरमा आइतबार आयोजित एक विशेष समारोहका बिच यो सम्मान दिइएको हो। यो प्रधानमन्त्री मोदीले पाएको ३१ औँ अन्तर्राष्ट्रिय सम्मान हो। 

मोदीलाई सम्मानित गर्ने उक्त कार्यक्रममा स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन लगायत विभिन्न देशका उच्च नेताहरूको उपस्थिति रहेको थियो। ‘रोयल अर्डर अफ द पोलर स्टार’ सम्मानको सुरुवात सन् १७४८ मा भएको हो। 

स्वीडेन वा स्वीडेनको हितका लागि गरिएको विशिष्ट कार्यको उच्च मूल्याङ्कन र पहिचान गर्नका लागि यो पुरस्कार स्थापना गरिएको इतिहास छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप