नेकपा प्रमुख सचेतक दुलालको माग : प्रधानमन्त्री र मन्त्रीहरू संसद्प्रति उत्तरदायी बनुन्
सारांश
- नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बन्न आग्रह गरेका छन्।
- उनले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए।
- उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्प्रति उत्तरदायी र जबाफदेही बनाउने विषयलाई संसद्को नियमावलीमै बलियो ढंगले समेट्नुपर्ने आवश्यकता औँल्याए।
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बन्न आग्रह गरेका छन्।
सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन्।
प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा आवश्यक व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए। विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद् भने त्यो आलोचनाबाट मुक्त हुने गरी सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ।
नियमावली मस्यौदामाथिको छलफलमा बोल्दै उनले भने, ‘संसदीय व्यवस्थामाथि धेरै टीकाटिप्पणीहरू छन्। यसलाई गफ गर्ने अखडाको रूपमा पनि आलोचना गरिन्छ। त्यस कारण यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो र जनताका प्रतिनिधिहरूको मर्यादित स्थान हो र गौरव गर्न लायक स्थान हो भन्नका लागि स्थापित गर्नुपर्ने छ एकातिर भने अर्कोतिर यसको संसदीय सर्वोच्चतालाई कायम राख्न जसरी सामन्तहरू निरङ्कुश नहोउन् भनेर त्यति बेला राजाहरूसँग म्याग्नाकार्टा गरियो, आज पनि संसद्मा जनप्रतिनिधिहरूले उठाएका जनताका भावनाहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई जबाफदेही बनाउन र जनताका समस्यामा काम हुने गरी संसद्लाई स्थापित गराउन सरकारलाई यो संसद्प्रति जबाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसद्प्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ।’
प्रमुख सचेतक दुलालले मुलुकको कार्यकारी प्रमुखका रूपमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्प्रति उत्तरदायी र जबाफदेही बनाउने विषयलाई संसद्को नियमावलीमै बलियो ढंगले समेट्नुपर्ने आवश्यकता औँल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण