अमेरिकी अवरोध सहेर इराकी तेल बोकेको सुपरट्याङ्कर भियतनाम हिँड्यो
सारांश
- अमेरिकी नौसेनाले ओमानको खाडी क्षेत्रमा पाँच दिन रोकेपछि इराकी कच्चा तेल बोकेको सुपरट्याङ्कर एगियोस फ्यानोरियस प्रथम पुनः भियतनामतर्फ प्रस्थान गरेको छ ।
- माल्टाको झन्डा बोकेको उक्त जहाज मे १० मा स्ट्रेट अफ होर्मुज पार गरेर ओमानको खाडी क्षेत्रमा पुगेको थियो ।
- अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)ले इरानविरुद्धको नाकाबन्दी कार्यान्वयनका क्रममा जहाजलाई पुनः मार्ग परिवर्तन गर्न लगाइएको जनाएको छ ।
ताइपेइ । अमेरिकी नौसेनाले पाँच दिनसम्म ओमानको खाडी क्षेत्रमा रोकेपछि इराकी कच्चा तेल बोकेको सुपरट्याङ्कर एगियोस फ्यानोरियस प्रथम पुनः भियतनामतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एलएसईजीको जहाज आवागमनसम्बन्धी तथ्याङ्कलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।
माल्टाको झन्डा बोकेको उक्त विशाल तेलवाहक जहाज मे १० मा स्ट्रेट अफ होर्मुज पार गरेर ओमानको खाडी क्षेत्रमा पुगेको थियो । त्यसपछि मे ११ मा जहाजले अचानक दिशा परिवर्तन गर्दै यु–टर्न लिएको थियो । तथ्यांकअनुसार जहाजले मे १६ बाट पुनः भियतनामतर्फ यात्रा सुरु गरेको हो ।
उक्त जहाज मे ३० मा सन् रिफाइनरी पुग्ने अपेक्षा गरिएको छ, जहाँ इराकी कच्चा तेल झारिनेछ । अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)ले गत साता उक्त जहाजलाई इरानविरुद्ध जारी नाकाबन्दी कार्यान्वयनका क्रममा पुनः मार्ग परिवर्तन गर्न लगाइएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण