धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा अन्तर्वार्ता
सारांश
- धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम सर्टलिस्टमा परेको छ ।
- राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले ४ जनाको नाम छनोट गरेको हो ।
- छनोटमा परेका चारै उम्मेदवारहरूलाई आगामी जेठ ८ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो।
अध्यक्ष पदका लागि कूल ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ । छनोटमा परेका यी चारै जना उम्मेदवारहरूलाई आगामी जेठ ८ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।
सर्टलिस्टमा परेका डा. नवराज अधिकारी सेबोनका पूर्वकार्यकारी निर्देशक हुन् ।
उनले करिब एक महिनाअघि मात्र सेवाबाट अवकाश पाएका थिए । त्यस्तै, विनयदेव आचार्य हाल सेबोनमै कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । मुकुन्द कुमार क्षेत्री सेबोनका पूर्वसञ्चालक हुन् भने डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।
सिफारिस समितिको नेतृत्व डा. गुणाकर भट्टले गरेका थिए । तर आवेदन दिनेमध्येका डा. गोपालप्रसाद भट्ट उनका आफ्नै दाजु परेको हुँदा स्वार्थ बाझिने भन्दै डा. गुणाकरले समितिबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि मात्र योजना आयोगका सदस्य डा. सञ्जय आचार्यलाई समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो।
तत्कालीन सरकारले २०८१ मंसिरको दोस्रो साता सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो । तर उनले गत वैशाख ४ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै वैशाख ८ गते बसेको मन्त्रीपरिषद् बैठकले तीन सदस्य सिफारिस समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण