प्रतिपक्षको आलोचनापछि अर्थमन्त्रीको काउन्टर : अर्को चुनाव कुर्नु
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा, शैली र दस्ताबेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् ।
- उनले निर्वाचनमा जनताले स्पष्ट रूपमा अनुमोदन गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचा पत्रलाई नै मुख्य आधार बनाएर सरकारले नीति, कार्यक्रम तथा विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको उल्लेख गरे ।
- उनले सरकारले मुलुकको विकास र शासकीय सुधारका हरेक मार्गचित्रहरू पनि जनताको भावना र म्यान्डेट अनुसार नै अघि बढाएको दाबी गरे ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा, शैली र दस्ताबेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि उठाएका विभिन्न जिज्ञासा एवं आलोचनाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले स्पष्ट रूपमा अनुमोदन गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचा पत्रलाई नै मुख्य आधार बनाएर सरकारले आफ्नो नीति, कार्यक्रम तथा विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको उल्लेख गरे । उनले यस सरकारी दस्ताबेजलाई विपक्षी दलहरूले आफ्नो अनुकूल बनाउन खोज्नु राजनीतिक रूपमा अमिल्दो हुने भन्दै त्यसका लागि अर्को निर्वाचन कुर्नुको विकल्प नरहेको प्रस्ट पारे । सरकार सधैँ जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार अनुसार नै दृढताका साथ अघि बढिरहेको जिकिर पनि उनले गरे ।
प्रतिपक्षका प्रश्नहरूको संसद्मा सामना गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो । किनकि हामीले निर्वाचन लड्नु भन्दा अगाडि रूपान्तरणका सय आधारहरू भनेर बाचा पत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्ग चित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला ।’
अर्थमन्त्री वाग्लेले सरकारले मुलुकको विकास र शासकीय सुधारका हरेक मार्गचित्रहरू पनि जनताको भावना र म्यान्डेट अनुसार नै अघि बढाएको दाबी गरे । संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि रचनात्मक सुझाव आउनु सकारात्मक भए पनि दलीय स्वार्थका आधारमा गरिने विरोधको कुनै अर्थ नरहने उनको भनाइ थियो ।
चालू आर्थिक वर्षका बाँकी कामहरूलाई पूर्णता दिँदै आगामी बजेटले देशको अर्थतन्त्रलाई सही दिशामा डोर्याउने र सुशासन कायम गर्ने कुरामा उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण