चिया बगान लिजमा दिँदा अर्बौँ भ्रष्टाचार भएको दाबी गर्दै दायर रिटमा लिखित जवाफ पेस गर्न आदेश
सारांश
- सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका ५ हजार २ सय एकड चिया बगान लिजमा दिँदा अर्बौँ रुपैयाँ भ्रष्टाचार र अनियमितता भएको दाबी गर्दै दायर रिटमा सरकारका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
- नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै लिज सम्झौता खारेज गर्न र संलग्न उच्चपदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्दै रिट दायर गरिएको थियो ।
- सन् २००० मा वार्षिक २ करोड ८० लाख रुपैयाँ भाडामा लिजमा दिइएको चिया बगानको भाडा सरकारी अधिकारीहरूसँगको मिलेमतोमा वार्षिक ४० लाख मात्र कायम गरिएको र यसबाट राज्यलाई अर्बौँ रुपैयाँ राजस्व घाटा भएको दाबी गरिएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका ५ हजार २ सय एकड चिया बगान लिजमा दिँदा अर्बौँ रुपैयाँ भ्रष्टाचार र अनियमितता भएको दाबी गर्दै दायर रिटमा सरकारका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश मेघराज पाेखरेलकाे इजलासले उक्त आदेश दिएकाे हाे ।
उक्त रिटमा अन्तरिम आदेश जारी हुने या नहुने सम्बन्धमा आउँदो जेठ १९ गतेका लागि पेसी तोकिएको छ। भेषराज लुइँटेलले दायर गरेको उक्त रिटमा नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै लिज सम्झौता खारेज गर्न र संलग्न उच्चपदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्दै अदालतमा रिट दिएका थिए ।
सन् २००० मा सरकारले सरकारी स्वामित्वको चिया बगान त्रिवेणी समूहलाई ५० वर्षका लागि वार्षिक २ करोड ८० लाख रुपैयाँ भाडा बुझाउने गरी लिजमा दिएको थियो। तर, रिट निवेदकका अनुसार सरकारी अधिकारीहरूसँगको मिलेमतोमा उक्त भाडा रकमलाई नाटकीय रूपमा घटाएर वार्षिक ४० लाख मात्र कायम गरिएको छ।
यसबाट राज्यलाई प्रत्यक्ष रूपमा अर्बौँ रुपैयाँ राजस्व घाटा भएको दाबी गरिएको छ। ७.५ वर्षसम्म भाडा नतिरी बसेको त्रिवेणी समूहलाई कारबाही गर्नुको साटो, उल्टै २०६४ सालमा 'भूतप्रभावी' हुने गरी भाडा घटाइएको र ब्याज तथा जरिवानासमेत मिनाहा गरिएको रिटमा उल्लेख छ।
प्रारम्भिक सम्झौतामा ५ हजार १९६ एकड जमिन भनिएकोमा पछि पूरक सम्झौता गर्दा ३ हजार ९८३ एकड मात्र देखाइएको छ। यसरी सरकारी अभिलेखबाटै १,२१२.६१ एकड बहुमूल्य जमिन गायब पारिएको वा अतिक्रमणमा परेको रिटमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण