शपथ ग्रहण समाराेह
प्रधान न्यायाधीश डा. शर्माले लिए शपथ, तस्बिरहरू
मङ्गलबार, ०५ जेठ २०८३, १८ : ४८
काठमाडौँ । प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्। राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
मंगलबार संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो । शर्माले आज नै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्नेछन्।
सर्वोच्च अदालत ऐन २०४८ को दफा ८ मा नवनियुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण