काभ्रेको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लु पुष्टि
सारांश
- काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ ।
- वडा नं. २ स्थित २६ बाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू मर्न थालेपछि प्रयोगशाला परीक्षणमा बर्ड फ्लु प्रमाणित भएको हो ।
- केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरले गरेको परीक्षणमा 'लो प्याथोजेनिक-एच ९' प्रमाणित भएको छ ।
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २ स्थित २६ बाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु प्रमाणित भएको हो ।
नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो । उक्त प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक–एच ९ प्रमाणित भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
बर्ड फ्लु पुष्टि भएसँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरोकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण