सेयर बजारमा जोखिम छ एसआईपी रोज्ने कि नरोज्ने ?
सारांश
- लगानीको सही ठाउँ छनोट गर्नु आर्थिक रूपमा सबल बन्नका लागि आवश्यक छ, जसमा सेयर बजार र व्यवस्थित लगानी योजना (आईपीएस) जस्ता विकल्पहरू छन् ।
- आईपीएसले लगानीकर्तालाई आम्दानी र अनुकूलता अनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा निश्चित रकम लगानी गर्ने अवसर दिन्छ, जसलाई कोष व्यवस्थापकहरूले विभिन्न सेयर र ऋणपत्रमा लगानी गर्छन् ।
- बढ्दो महँगीलाई जित्न र पैसाको क्रयशक्ति जोगाउनका लागि आईपीएस र इकाई संलग्न बिमा योजना (युएलआईपी) जस्ता लगानीका माध्यमहरू प्रभावकारी हतियार हुन् ।
आजको समयमा आर्थिक रूपमा सबल बन्नका लागि केवल पैसा कमाउनु मात्र पर्याप्त छैन । कमाएको पैसालाई सही ठाउँमा लगानी गर्नु पनि उत्तिकै जरुरी छ । नेपालको परिवेशमा लगानी भन्ने बित्तिकै धेरैको मानसपटलमा ‘सेयर बजार’ आउँछ । तर, सेयर बजारको नाम सुन्ने बित्तिकै ‘कत्तिको जोखिम होला ?’, ‘पैसा डुब्छ कि ?’ भन्ने भयले धेरैलाई तर्साउँछ । यही जोखिमका बिच एउटा यस्तो विकल्प उदाएको छ, जसले व्यवस्थित रूपमा लगानीको ढोका खोलिदिएको छ । त्यो हो– सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (आईपीएस) ।
आईपीएस अर्थात् व्यवस्थित लगानी योजना । सामूहिक लगानी कोषमा लगानी गर्ने एउटा आधुनिक तरिका हो । यसलाई लगानीको किस्ताबन्दी पनि भन्न सकिन्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको तपाईंको आम्दानी र अनुकूलता अनुसार लगानी गर्न पाउनु हो ।
आईपीएसमा लगानीकर्ताले हरेक महिना, त्रैमासिक रूपमा, अर्धवार्षिक रूपमा वा वार्षिक रूपमा आफ्नो अनुकूलता अनुसार एक निश्चित रकम लगानी गर्न सक्छन् । यो पैसालाई दक्ष कोष व्यवस्थापकहरूले बजारको अध्ययन गरी विभिन्न कम्पनीका सेयर र ऋणपत्रमा लगानी गरिदिन्छन् ।
लगानीको क्षेत्रमा अर्को एउटा महत्त्वपूर्ण विकल्प हो– इकाई संलग्न बिमा योजना (युएलआईपी) । सरल शब्दमा भन्नुपर्दा, यो एउटा त्यस्तो वित्तीय उत्पादन हो, जसले जीवन बिमा र लगानी दुवैको फाइदा एउटै योजनामा दिन्छ । यसमा तपाईंले तिरेको प्रिमियमको केही हिस्सा जीवन बिमाको सुरक्षाका लागि प्रयोग गरिन्छ भने बाँकी हिस्सा सेयर बजार वा ऋणपत्रहरूमा लगानी गरिन्छ ।
नेपालमा युनिट लिंक्ड इन्स्योरेन्स प्लान (युएलआईपी) को पूर्ण अवधारणा हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआए पनि नेपाल बिमा प्राधिकरणको जोखिममा आधारित पुँजी तथा शोध क्षमता निर्देशिका २०८२ ले यसको कानुनी आधार तयार पारेको छ । देशको वर्तमान राजनीतिक परिवर्तनसँगै राज्यले बिमा कम्पनीहरू मार्फत यसलाई छिट्टै अनिवार्य कार्यान्वयनमा ल्याउने अपेक्षा गरिएको छ ।
यस विपरीत, भारतमा यो योजना धेरै पहिलेदेखि नै लोकप्रिय छ, जसलाई त्यहाँको नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरुटी अफ इन्डिया (आईआरडीएआई) ले कडा नियमन गर्दै आएको छ ।
महँगीको मारबाट बच्न आजैबाट एसआईपी मार्फत नियमित लगानी सुरु गर्नुहोस्, तपाईंको सानो र व्यवस्थित बचत नै भोलिको सुरक्षित भविष्यको बलियो आधार बन्नेछ
अर्थशास्त्रको दृष्टिकोणबाट हेर्दा लगानीको मुख्य उद्देश्य नै बढ्दो महँगीलाई जित्नु हो । मुद्रास्फीति भन्नाले वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको क्रयशक्ति घट्नु हो । आज एक हजार रुपैयाँले जति सामान आउँछ, केही वर्षपछि त्यति नै पैसाले त्यो भन्दा थोरै सामान आउँछ ।
यदि तपाईंको लगानीको प्रतिफल मुद्रास्फीतिको दरभन्दा कम छ भने तपाईंको पैसाको वास्तविक मूल्य घटिरहेको हुन्छ । एसआईपीले दीर्घकालमा मुद्रास्फीतिलाई जितेर उच्च प्रतिफल दिने क्षमता राख्छ, किनभने यसले सेयर बजारको वृद्धिको लाभ लिन्छ, जुन सामान्यतया महँगीको दरभन्दा बढी हुने गर्छ । त्यसैले निष्क्रिय बचतभन्दा सक्रिय लगानी बुद्धिमानी हुन्छ ।
लगानीको सर्वमान्य सिद्धान्त अनुसार जोखिम र प्रतिफलको प्रत्यक्ष सम्बन्ध हुन्छ । सेयरमा आधारित आईपीएसमा बढी जोखिम हुने भए तापनि यसले दीर्घकालमा बढी प्रतिफल दिने सम्भावना राख्छ । यस विपरीत, ऋणपत्रमा आधारित आईपीएसमा जोखिम न्यून हुन्छ, जसले गर्दा यसबाट प्राप्त हुने प्रतिफल पनि तुलनात्मक रूपमा कम हुन्छ । त्यसैले, लगानीकर्ताले आफ्नो आवश्यकता र जोखिम वहन गर्न सक्ने क्षमतालाई विचार गरी सही योजना रोज्नुपर्छ ।
तपाईंलाई कम्पनीहरूको वित्तीय अवस्था हेर्न आउँदैन वा बजारको उतार–चढावलाई सधैँ नियाल्ने समय छैन भने सिधै सेयर बजारमा छिर्नु जोखिमपूर्ण हुन सक्छ । आईपीएसमा तपाईंको सानो रकमलाई विज्ञहरूले विविधीकरण गरेर लगानी गर्ने हुनाले व्यक्तिगत लगानीको तुलनामा जोखिम कम हुन्छ । यहाँ तपाईंले कुन सेयर किन्ने र कुन बेच्ने भनेर टाउको दुखाउनु पर्दैन, त्यो काम कोष व्यवस्थापकले नै गरिदिन्छन् ।
लगानीकर्ताले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने विगतको राम्रो प्रतिफलले भविष्यको ग्यारेन्टी गर्दैन । तालिकामा देखिएको अनुमानित प्रतिफल बजारको अवस्था अनुसार घटबढ हुन सक्छ । अहिलेको राम्रो प्रतिफल देखेर मात्र लगानी गर्ने अनि पछि पनि त्यस्तै आउँछ भन्ने सोच राख्नु गलत हुन सक्छ । त्यसैले, लगानी यात्रा सुरु गर्नुअघि यस विषयमा गहिरो अध्ययन गरेका, यसै सम्बन्धी पढेका र अनुभव बटुलेका अनुभवी विज्ञहरूसँग सल्लाह लिनु अनिवार्य हुन्छ । विज्ञहरूको सुझाव र आफ्नो अध्ययनले मात्र तपाईंलाई सही दिशा देखाउन सक्छ ।
अनुशासित लगानी र धैर्यता नै आर्थिक स्वतन्त्रताको मुख्य कडी हो । त्यसैले, सही समयमा विज्ञको सल्लाह लिई आजैबाट सानो भए पनि लगानीको सुरुवात गर्नु नै भविष्यका लागि बुद्धिमानी र सुरक्षित कदम हुनेछ ।
आईपीएसमा धैर्यता सबैभन्दा ठुलो सम्पत्ति हो । मानौँ, तपाईंले मासिक, त्रैमासिक रूपमा, अर्धवार्षिक रूपमा वा वार्षिक रूपमा आफ्नो अनुकूलता अनुसार गरेको लगानीलाई १५–२० वर्षसम्म निरन्तरता दिनुभयो भने, चक्रवृद्धि ब्याजको प्रभावले त्यो सानो रकमले विशाल रूप लिन सक्छ । यसले भविष्यको ठुलो खर्च जस्तै छोराछोरीको उच्च शिक्षा वा अवकाश जीवनका लागि बलियो आर्थिक आधार तयार पार्छ ।
नेपालमा आईपीएस सुरु गर्न अहिले निकै सहज छ । तपाईंले सम्बन्धित क्यापिटलको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ । मात्र कुरा के हो भने फारम भर्दा तपाईंले पैसा कसरी तिर्ने भन्ने स्पष्ट रूपमा छनोट गर्नुपर्छ । यसका लागि डिम्याट र बैंक खाता अनिवार्य हुन्छ । इ–डिम्याट सुविधामार्फत तपाईंले तोकेको समयमा बैंकबाट स्वतः पैसा काटिने व्यवस्था मिलाउन सकिन्छ ।
सेयर बजारमा जोखिम अवश्य छ, तर जोखिम छ भनेर लगानीबाट टाढिनु भनेको बढ्दो महँगीको मार सहनु र आफ्नो पैसाको मूल्य घटाउनु मात्र हो । बढ्दो मुद्रास्फीतिबाट बच्न र आफ्नो पैसाको वास्तविक मूल्य जोगाउनका लागि आईपीएस र इकाई सम्लग्न बिमा योजना जस्ता माध्यमहरू आजको युगका प्रभावकारी हतियार हुन् । अल्पकालीन प्रतिफलको अंकमा मात्र नलोभिएर, बजारको उतारचढाव र महँगीको दीर्घकालीन असरलाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ ।
लगानी गर्नुअघि विज्ञ, अनुभवी र यस विषयका जानकारहरूको सल्लाह लिनु जति जरुरी छ, त्यति नै जरुरी आफ्नै बचतको प्रकृति अनुसार सही समयतालिका छनोट गर्नु पनि छ । अनुशासित लगानी र धैर्यता नै आर्थिक स्वतन्त्रताको मुख्य कडी हो । त्यसैले, सही समयमा विज्ञको सल्लाह लिई आजैबाट सानो भए पनि लगानीको सुरुवात गर्नु नै भविष्यका लागि बुद्धिमानी र सुरक्षित कदम हुनेछ ।
(पराजुली, जनता माध्यमिक विद्यालय, सहिदनगर डण्डामा अर्थशास्त्रका शिक्षक छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण