तीनपिप्ले–गल्छी सडक कालोपत्रेको माग गर्दै माइतीघरमा स्थानीयको धर्ना
सारांश
- नुवाकोटको तीनपिप्ले–गल्छी सडक कालोपत्रेको माग गर्दै स्थानीय बासिन्दाले माइतीघरमा धर्ना दिएका छन्।
- सडकको दयनीय अवस्थाले कृषि, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा असर पुगेको र किसानले उत्पादन समयमै बजार पुर्याउन नसक्दा आर्थिक क्षति बेहोर्नुपरिरहेको छ।
- स्थानीयले तत्काल सडक कालोपत्रेको काम सुरु गर्न माग गर्दै नभए आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन्।
काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका बासिन्दाहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रेको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका छन्।
सडकको दयनीय अवस्थाका कारण जनजीवन कष्टकर बनेको भन्दै स्थानीय कृषक, व्यापारी, विद्यार्थी र युवाहरूले बुधबार दबाबमूलक कार्यक्रम आयोजना गरेका हुन्।
युवा समाजसेवी तथा कृषि अभियन्ता अमृत पुडासैनीको संयोजनमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले सडक निर्माणमा भएको ढिलाइले कृषि, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुर्याएको बताए।
विशेषगरी तरकारी र दुग्ध उत्पादनको पकेट क्षेत्र मानिने यस भेगका किसानले सडककै कारण आफ्ना उत्पादन समयमै बजार पुर्याउन नसक्दा ठूलो आर्थिक क्षति बेहोर्नुपरिरहेको गुनासो गरे।
धर्नामा नेपाल डेरी एसोसिएसनका नुवाकोट जिल्ला अध्यक्ष बालकृष्ण ढुंगाना, कृषक प्रतिनिधि प्रकाश मुडभरी र विद्यार्थी नेता बसन्त गुरुङ लगायतको सक्रिय सहभागिता थियो।
धर्नालाई सम्बोधन गर्दै कार्यक्रम संयोजक पुडासैनीले तीनपिप्ले–गल्छी सडक यस क्षेत्रका हजारौँ नागरिकको भविष्य र आर्थिक समृद्धिसँग जोडिएको उल्लेख गरे। उनले किसानले उत्पादन गरेको दूध र तरकारी सडककै कारण नष्ट हुने अवस्था आएको भन्दै सरकारले तत्काल कालोपत्रेको काम अघि नबढाए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिए ।
सहभागीहरूले "किसानको पसिनाको सम्मान गर", "सडक बनाऊ विकासको ढोका खोल" र "तीनपिप्ले–गल्छी सडक तत्काल कालोपत्रे गर" जस्ता नारा लगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । हिउँदमा धुलो र वर्षामा हिलोको समस्याका कारण दुर्घटनाको जोखिम समेत बढेकाले आश्वासन मात्र नभई व्यवहारिक रूपमै काम सुरु हुनुपर्ने माग स्थानीयको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण