बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

तीन मौसमी प्रणालीको असर, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिहीबार, ०७ जेठ २०८३, ०६ : १३
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली छ।
  • आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली तथा मधेस प्रदेशलगायतका तराई भूभागमा आंशिक बदली रहनेछ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले  हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। । तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा, मधेस, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित  मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप