महिला खेलाडीको गोप्य भिडियो खिच्ने प्रशिक्षकलाई आजीवन प्रतिबन्ध
सारांश
- चेक गणतन्त्रका महिला फुटबल क्लबका प्रशिक्षक पेट्र भ्लाखोभ्स्कीलाई आफ्ना खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रूपमा भिडियो खिचेको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको छ ।
- युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले भ्लाखोभ्स्कीमाथि आजीवन प्रतिबन्ध लगाएको र यसलाई विश्वव्यापी रूपमा लागू गर्न फिफालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
- प्रशिक्षक भ्लाखोभ्स्कीले एफ सि स्लोभाको क्लबका खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रुपमा भिडियो खिचेका थिए, जसमा सबैभन्दा कम उमेरकी खेलाडी १७ वर्षकी थिइन् ।
चेक गणतन्त्रका महिला फुटबल क्लबका प्रशिक्षक पेट्र भ्लाखोभ्स्कीलाई आफ्ना खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रूपमा भिडियो खिचेको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको छ ।
रोयटर्सका अनुसार, युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले भ्लाखोभ्स्कीमाथि आजीवन प्रतिबन्ध लगाएको जनाएको छ । यूईएफएको कन्ट्रोल, एथिक्स एन्ड डिसिप्लिनरी बडी (सिईडिबि)ले मंगलबार एक वक्तव्य जारी गर्दै सम्भावित दुराचारसम्बन्धी अनुसन्धानपछि भ्लाखोभ्स्कीलाई “जीवनभर कुनै पनि फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने” निर्णय गरेको बताएको छ ।
“सिईडिबिले यो प्रतिबन्धलाई विश्वव्यापी रूपमा लागू गर्न फिफालाई अनुरोध गर्ने तथा चेक गणतन्त्रको फुटबल संघलाई पेट्र भ्लाखोभ्स्कीको प्रशिक्षक लाइसेन्स रद्द गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।” वक्तव्यमा थप भनिएको छ ।
चेक सञ्चारमाध्यमहरूका अनुसार प्रशिक्षक भ्लाखोभ्स्की मे २०२५ मै दोषी ठहर भएका थिए । उनले एफ सि स्लोभाको क्लबका खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रुपमा भिडियो खिचेका थिए, जसमा सबैभन्दा कम उमेरकी खेलाडी १७ वर्षकी थिइन् । उनलाई सुरुमा एक वर्षको जेल सजाय र पाँच वर्षको घरेलु प्रशिक्षक प्रतिबन्ध दिइएको थियो । अभियोगपत्रअनुसार उनले आफ्नो गल्ती स्वीकार गर्दै पश्चातापसमेत व्यक्त गरेका थिए ।
भ्लाखोभ्स्की यसअघि चेक महिला अन्डर–१९ टोलीका प्रशिक्षकसमेत रहिसकेका थिए । एफ सि स्लोभाकोका प्रवक्ताले रोयटर्सलाई भने, “यो अत्यन्त गम्भीर र पीडादायी विषय हो, जुन २०२३ मा सार्वजनिक भएको थियो र यसले हाम्रो क्लब तथा विशेष गरी प्रभावित खेलाडीहरूमा ठूलो असर पारेको थियो ।”
उनले थपे, “हामीलाई आरोपबारे जानकारी हुनेबित्तिकै क्लबले तत्काल कदम चाल्यो, पूर्व प्रशिक्षकसँगको सहकार्य अन्त्य गर्यो ।”
“यस सम्पूर्ण प्रक्रियामा क्लबले आफूलाई पीडित पक्षका रूपमा लिएको छ र घटनालाई अत्यन्त गम्भीरता, संवेदनशीलता तथा प्रभावित व्यक्तिहरूप्रति सम्मानका साथ व्यवहार गरेको छ ।”
फुटबल खेलाडीहरूको अन्तर्राष्ट्रिय संगठन FIFPRO ले पनि उक्त प्रतिबन्धको स्वागत गरेको छ । साथै, यूईएफएले फिफालाई विश्वव्यापी प्रतिबन्ध लागू गर्न गरेको आग्रहलाई समेत सकारात्मक कदमको रुपमा लिएको छ ।
FIFPRO ले वक्तव्यमा भनेको छ, “यो निर्णयले दुर्व्यवहार र अनुपयुक्त व्यवहारको फुटबलमा कुनै स्थान छैन भन्ने सशक्त र अत्यन्त जरुरी सन्देश दिएको छ । साथै, खेलाडीहरूको सुरक्षा र हितलाई खेलको हरेक तहमा प्राथमिकता दिनुपर्ने कुरा पुनः स्पष्ट गरेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण