बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

बिहीबार, ०७ जेठ २०८३, १५ : २२
बिहीबार, ०७ जेठ २०८३

काठमाडौँ । भारतमा साफ महिला च्याम्पियनसिप खेल्न जान लागेको नेपाली टोलीको बिदाइ गरिएको छ। 

बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबिच खेलकुदमन्त्री सस्मित पोखरेल लगायत एन्फा पदाधिकारीहरूले साफ खेल्ने राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन्। 

भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा समेत भइसकेको छ । बिदाइ कार्यक्रममा खेलकुद मन्त्री पोखरेलले उच्च मनोबलका साथ मैदानमा उत्रन नेपाली टोलीलाई सुझाव दिए।

नेपाली महिला टोलीले पछिल्लो समय देखाएको प्रदर्शन निकै उत्कृष्ट रहेको भन्दै आगामी दिनमा पनि टिमले धेरै राम्रो गर्ने उनको विश्वास छ।

च्याम्पियनसिपमा नेपाल समूह 'ए' मा छ । यस समूहमा नेपालसँगै भुटान र श्रीलङ्का छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलङ्कासँग मे ३१ मा समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप