सलाहको नेतृत्वमा उत्रदै इजिप्ट
सारांश
- इजिप्टले फिफा विश्वकप २०२६ का लागि मोहम्मद सलाहलाई कप्तानीको जिम्मेवारी सुम्पँदै टोली घोषणा गरेको छ ।
- लिभरपुलका प्रमुख खेलाडी मोहम्मद सलाहले म्यानचेस्टर सिटीका उमर मार्मुशसँग मिलेर आक्रमणको नेतृत्व गर्नेछन् ।
- बहुउपयोगी नान्ट्सका फरवार्ड मोस्तफा मोहम्मदलाई २७ सदस्यीय प्रारम्भिक टोलीबाट बाहिर राखिएको छ ।
काठमाडौँ । इजिप्टले मोहम्मद सलाहलाई कप्तानीको जिम्मेवारी सुम्पँदै फिफा विश्वकप २०२६ का लागि टोलीको घोषणा गरेको छ ।
यससँगै इजिप्टका कप्तान मोहम्मद सलाहले पहिलो पटक विश्वकपमा टोलीको नेतृत्व गर्ने भएका छन् ।
अब लिभरपुलका प्रमुख खेलाडी मोहम्मद सलाहले कप्तानी गर्नेछन् र म्यानचेस्टर सिटीका उमर मार्मुशसँग मिलेर आक्रमणको नेतृत्व गर्नेछन् । विश्वकप जुन ११ देखि जुलाई १९ सम्म संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ । इजिप्टका मुख्य प्रशिक्षकमा होसम हसन रहेका छन् ।
यद्दपि, बहुउपयोगी नान्ट्सका फरवार्ड मोस्तफा मोहम्मदलाई २७ सदस्यीय प्रारम्भिक टोलीबाट आश्चर्यजनक रूपमा बाहिर राखिएको छ । त्यसो त उनले नान्ट्सका लागि यो सिजन २४ खेलमा मात्र ४ गोल गरेका थिए र क्लब फ्रेन्च लिग १ बाट रेलिगेट भएको थियो ।
त्यसको विपरीत, बार्सिलोना अन्डर–१९ टोलीका युवा खेलाडी हम्जा अब्देलकरिम उत्कृष्ट फर्ममा छन् र उनलाई इजिप्ट फुटबलका सबैभन्दा सम्भावनाशील युवा फरवार्डमध्ये एक मानिएको छ ।
इजिप्टले जुन ६ मा क्लिभल्यान्डमा ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्नेछ, त्यसपछि समूह चरणको सुरुवात जुन १५ मा सियाटलमा बेल्जियमविरुद्ध गर्नेछ । उनीहरूले जुन २१ मा क्यानडाको भ्यानकुभरमा न्युजिल्यान्डसँग खेल्नेछन्, र पाँच दिनपछि फेरि सियाटल फर्केर समूह जीको अन्तिम खेल इरानविरुद्ध खेल्नेछन् । १९३४, १९९०, २०१८ र २०२६ गरि कुल चार पटक ‘द फारोह’ विश्वकप प्रतियोगितामा छनौट भएको छ ।
इजिप्ट टोलीः
गोलकिपरः मोहम्मद एल शेन्नावी (अल अहली), मोस्तफा शोबैर (अल अहली), एल महदी सोलिमान (जामालेक), मोहम्मद अलाअ (एल गुनाः)
डिफेन्डरः मोहम्मद हानी (अल अहली), तारिक अलाअ (जेड), हम्दी फाथी (अल वाक्रा), रामी रबिया (अल ऐन), यासेर इब्राहिम (अल अहली), होसाम अब्देलमागुइद (जामालेक), मोहम्मद अब्देलमोनेम (निस), अहमद फातोह (जामालेक), करिम हाफेज (पिरामिड्स)
मिडफिल्डरः मारवान आतेया (अल अहली), मोहानेद लाशिन (पिरामिड्स), नाबिल इमाद (अल नज्मा), महमूद साबेर (जेड), अहमद जिजो (अल अहली), इमाम आशौर (अल अहली), मोस्तफा जिको (पिरामिड्स), महमूद त्रेजेगुएट (अल अहली), इब्राहिम अडेल (नर्डस्जेल्यान्ड), हाइसेम हसन (रियल ओभिएदो)
फरवार्डः उमर मार्मुश (म्यानचेस्टर सिटी), मोहम्मद सलाह (लिभरपुल), अकताय अब्दल्लाह (एन्प्पी), हम्जा अब्देलकरिम (बार्सिलोना यु १९)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण