संसद् बैठक
विपक्षीको नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित
बिहीबार, ०७ जेठ २०८३, १७ : ५५
सारांश
- ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ विपक्षीहरूको रोष्टममा नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भएको छ ।
- अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
- विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।
काठमाडौँ । ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ विपक्षीहरूको रोष्टममा नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण