जसपा नेपाल मधेस संसदीय दलको नेतामा पुनः यादव
बिहीबार, ०७ जेठ २०८३, १८ : ०६
सारांश
- जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।
- जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएपछि एकीकृत पार्टीको संसदीय दलको नेतामा यादव चयन भएका हुन् ।
- यसअघि पनि जसपा नेपाल संसदीय दलको नेता सरोज यादव नै थिए र दुवै पार्टी एक भएपछि मधेस प्रदेश सभामा जसपा नेपाल दल दर्ता भएको थियो ।
जनकपुर । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेता सरोज यादव (बारा) चयन भएका छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएपछि एकीकृत पार्टीको संसदीय दलको नेतामा यादवलाई चयन गरेको जसपा नेपाल प्रदेश सांसद सञ्जय यादवले बताए ।
यसअघि पनि जसपा नेपाल संसदीय दलको नेता यादव नै थिए । एकीकृत पार्टीको नेतामा पनि उनी चयन भएका छन् । दुवै पार्टी एक भएपछि जेठ १ गते मधेस प्रदेशसभामा जसपा नेपाल दल दर्ता भएको थियो ।
दल दर्तापछि पहिलो पटक मधेस प्रदेशसभा संसदीय दलको कार्यालयमा आज बैठक बसेको थियो । बैठक हिजो पनि बसेको थियो ।
यादव पूर्वमुख्यमन्त्री पनि हुन् । मधेस प्रदेशसभामा उक्त पार्टीका २६ जना प्रदेशसभा सदस्य रहेका छन् । योसँगै मधेस प्रदेशमा जसपा नेपाल सबभन्दा ठुलो दल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण