क्षणभङ्गुर चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिन पत्रकारलाई महानायक हमालको आग्रह
काठमाडाैँ । महानायक राजेश हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताएका छन्।
चलचित्र पत्रकार सङ्घ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ को विशेष समारोहमा बोल्दै उनले दुवै क्षेत्रको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गरे।
समारोहलाई सम्बोधन गर्दै अभिनेता हमालले चलचित्र पत्रकारिताको सुरुवाती दिनहरूको स्मरण गरे। उनले आफ्नो जीवनको पहिलो अन्तर्वार्ताको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘मैले पहिलो चलचित्र गर्दा एक स्थापित पत्रकारले मलाई ‘काम चाहिँ के गर्नुहुन्छ ?’ भनेर सोधेका थिए । त्यस समयमा चलचित्र क्षेत्रलाई पेसाका रूपमा नभई सौख पूरा गर्ने माध्यमका रूपमा मात्र हेरिन्थ्यो ।’ तर, समयक्रमसँगै चलचित्र क्षेत्र र पत्रकारिता दुवैले ठुलो फड्को मारिसकेको उनको भनाइ छ।
हमालले वर्तमान समयको ‘क्लिक कल्चर’ र प्रविधिले निम्त्याएका चुनौतीप्रति चिन्ता व्यक्त गरे । सूचनाको बाढी आएको वर्तमान अवस्थामा पाठकको ध्यान आकर्षण गर्नु सबैभन्दा ठुलो चुनौती रहेको बताए।
उनले भने, ‘आज हामी यस्तो मोडमा छौँ जहाँ गहन पत्रकारितामा सम्झौता गर्नुपर्ने स्थिति आएको छ। एल्गोरिदम र भाइरल हुने होडबाजीले गर्दा विषयवस्तुको गम्भीरता हराउँदै गएको छ।’
आर्टिफिसियल इन्टेलिजेन्स र भ्रामक सूचनाका कारण सत्य र असत्य छुट्याउन कठिन भइरहेको तर्फ सङ्केत गर्दै उनले पत्रकारहरूलाई एक गम्भीर प्रश्न गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण