करेन्ट लागेर एक युवकको मृत्यु
बिहीबार, ०७ जेठ २०८३, २२ : ४०
रुकुम पश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका–१३ धाराका २५ वर्षीय प्रेम खत्रीको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । उनका अनुसार आज साँझ घरदेखि करिब एक किलोमिटर टाढा रहेको विद्युत्को खम्बामा चढेर मर्मत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो ।
खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको नेतृत्वमा टोली घटनास्थलमा गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण