गुजरातसँग ८९ रनले पराजित भएपछि चेन्नई आईपीएलको प्लेअफ दौडबाट बाहिरियो
सारांश
- गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनले पराजित गर्दै चेन्नईलाई आईपीएलको प्लेअफ दौडबाट बाहिर पारेको छ ।
- गुजरातले साई सुदर्शनको ८४, शुभमन गिलको ६४ र जोस बटलरको ५७ रनको मद्दतले २२९ रन बनाएको थियो ।
- चेन्नई १४० रनमा अलआउट भयो, जसमा शिवम दुबेले ४७ रनको आक्रामक पारी खेले ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ । प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको चेन्नई यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रनको विशाल योगफल तयार पारेको थियो । गुजरातका लागि साई सुदर्शनले ५३ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेले भने कप्तान शुभमन गिलले ६४ रन बनाए । त्यस्तै, जोस बटलरले मात्र २७ बलमा विष्फोटक ५७ रनको योगदान दिए ।
२३० रनको कठिन लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्स १३।४ ओभरमा मात्र १४० रन बनाउँदै अलआउट भयो । चेन्नईका लागि शिवम दुबेले १७ बलमा ४७ रनको आक्रामक पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । म्याट सर्टले २४ र अंशुल कम्बोजले १९ रन बनाए ।
बलिङतर्फ गुजरातका मोहम्मद सिराजले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएपछि उनी ‘प्लेयर अफ द म्याच
’ घोषित भए । त्यस्तै राशिद खानले ३ र कागिसो रबाडाले पनि ३ विकेट लिएर चेन्नईको ब्याटिङ लाइन ध्वस्त पारे ।
यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको गुजरात टाइटन्सले आफ्ना सबै १४ लिग खेलहरू खेल्दै १८ अंक जोडेको छ । अर्कोतर्फ, गर या मरको अवस्थामा रहेको खेलमा पराजित भएपछि चेन्नईको यस सिजनको यात्रा समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण