पाकिस्तानी गायिका एवं नायिकालाई श्रीमानद्वारा गोली हानी हत्या
बिहीबार, २४ साउन २०७५, १२ : ४६
पाकिस्तानकी एक नायिका एवं गायिकालाई आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् ।
पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा रेश्मालाई उनी बसेको घरमा जबर्जस्ती छिरेर उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् ।
जियो टिभीका अनुसार आरोपीका चौथी श्रीमती रेश्मा आफ्ना भाइसँग हाकिमावाद इलाकामा बस्ने गर्थिन् ।
पुलिसका अनुसार घरायसी झगडाका कारण रेश्मालाई उनका श्रीमानले गोली हानेका हुन् । रेश्माका श्रीमान अहिलेसम्म फरार छन् ।
घटनाबारे अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।
यस वर्ष महिला कलाकारमाथि पाकिस्तानको खैबर पख्तुन्ख्वामा भएको यो १५ औं हिंसा हो । यसअघि फेब्रुअरी ३ तारिखमा स्टेज नायिका सुन्बुदललाई कार्यक्रममा प्रस्तुतीकै क्रममा हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला
-
निर्वासित रुसी कार्टुनिष्टको पोल्यान्डमा गोली हानी हत्या
-
अवसरवादीहरूको भीड र रास्वपाको चुनौती
-
‘क्यान्सरको औषधि अभावले बिरामीको बिचल्ली हुँदा पनि मन्त्रीको निर्देशन कागजमै सीमित भयो’
-
टीएस इलिअटको म्याकाभिटी र नेपाली राजनीतिमा हराएको उत्तरदायित्व
-
३७ दिनमा सकियो अक्षराको छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण