इरान युद्धलाई लिएर अमेरिकी राजनीतिमा खिचातानी
सारांश
- अमेरिकी प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्पको इरानसम्बन्धी सैन्य नीतिविरुद्ध 'वार पावर्स रिजोलुशन' प्रस्तावमा मतदान रोकिएको छ ।
- यस प्रस्तावको उद्देश्य इरानविरुद्ध ठुलो सैन्य कारबाहीमा संसद्को नियन्त्रण सुनिश्चित गर्नु थियो ।
- रिपब्लिकन नेताहरूले मतदान स्थगित गरेपछि यो विषयमा जुन महिनामा मतदान हुनसक्ने बताइएको छ ।
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी सैन्य नीतिलाई लिएर राजनीतिक विवाद तीव्र बनेको छ । संसदमा उनको युद्ध अधिकार सीमित गर्ने प्रस्तावमा मतदान रोकिएपछि विवाद अझ चर्किएको हो ।
अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेट सांसदहरूले ‘वार पावर्स रिजोलुशन’ नामक प्रस्ताव दर्ता गरेका थिए । यसको उद्देश्य राष्ट्रपति ट्रम्पले इरानविरुद्ध कुनै पनि ठुलो सैन्य कारबाहीमा संसद्को नियन्त्रण सुनिश्चित गर्नु थियो ।
तर प्रस्ताव पास हुने सम्भावना बलियो देखिएपछि रिपब्लिकन नेताहरूले मतदान नै स्थगित गरेका छन् । अब यो विषयमा जुन महिनामा मतदान हुनसक्ने बताइएको छ । यसैबिच सिनेटमा पनि यस्तै प्रस्ताव अघि बढिरहेको छ, जहाँ चार रिपब्लिकन सांसदहरूले डेमोक्रेटहरूको समर्थनमा मतदान गरेको रिपोर्ट छ । यसले ट्रम्प प्रशासनभित्रै दबाब बढाएको छ ।
होर्मुज क्षेत्रमा बढ्दो तनावका कारण विश्वव्यापी ढुवानी प्रभावित भएको छ । साथै, अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको खबर आइरहेको छ । विपक्षी सांसदहरूले यो अवस्थाले अमेरिकालाई आर्थिक र रणनीतिक दुवै रूपमा क्षति पुर्याइरहेको आरोप लगाएका छन् ।
डेमोक्रेट सांसद जर्जरी मिक्सले कांग्रेसको संवैधानिक जिम्मेवारी युद्धजस्ता ठुला निर्णयमा नियन्त्रण कायम राख्नु भएको बताएका छन् । उनले सरकारलाई अन्धाधुन्ध समर्थन गर्नु संसद्को काम नभएको पनि स्पष्ट पारे । पहिले प्रस्तावको विरोध गरेका मेन राज्यका सांसद जारेड गोल्डन अहिले यसको समर्थनमा उभिएका छन् ।
सन् १९७३ को वार पावर्सअनुसार राष्ट्रपतिले संसद्को अनुमति बिना अधिकतम ६० दिनसम्म मात्र सैन्य कारबाही गर्न पाउँछन् । त्यसपछि संसद्को स्वीकृति अनिवार्य हुन्छ । तर ह्वाइट हाउसले भने इरानसँग युद्धविराम भएका कारण यो नियम लागू नहुने दाबी गरेको छ ।
यता,राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धमा सम्झौताको लागि ढोका खुला राख्दै आवश्यकता परे इरानमाथि फेरि ठुलो सैन्य आक्रमण गर्न सकिने सङ्केत दिइरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत सैन्य अधिकारीहरूलाई ‘कुनै पनि समय ठुलो आक्रमणका लागि तयार रहन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण