सङ्घीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्यमा जोड
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सङ्घीयताको सबलीकरणका लागि प्रदेश तहलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्ने विषयमा छलफल भएको थियो।
दुवै पक्षबिच अन्तरप्रदेश समन्वय, सहकार्य र अनुभव आदानप्रदानलाई थप मजबुत बनाउने विषयमा समेत विचार विमर्श भएको जनाइएको छ।
भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयारी गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल भएको थियो।
प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको समीक्षा गरेर मात्र आगामी योजना अघि बढाउन सुझाव दिएका छन्।
उनले सम्पन्न भएका योजनाको उपलब्धि मूल्याङ्कन गर्दै अधुरा तथा कार्यान्वयन हुन नसकेका योजनाको कारण पहिचान गरी प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका थिए।
भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण