बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘कक्रोच जनता पार्टी’का संस्थापक दीपकेलाई ज्यान मार्ने धम्की

शनिबार, ०९ जेठ २०८३, १७ : २५
शनिबार, ०९ जेठ २०८३

नयाँ दिल्ली । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा केही ह्वाट्सएप म्यासेजका स्क्रिनसटहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सार्वजनिक गरेको धम्कीहरूमा 'सुन, खाता बन्द गर्नका लागि पैसा पाउनेछौ। नत्र हामी तिमीलाई अमेरिकामा पनि मार्न सक्छौँ' लेखिएको छ । त्यस्तै अर्को एक म्यासेजमा भनिएको छ, 'हामीसँग तिम्रो नम्बर छ। तिम्रो घर पत्ता लगाउन हामीलाई समय लाग्दैन ।' 

किन धम्की दिइयो ? 

दीपकेले ‘नीट’ परीक्षाको प्रश्नपत्र लिक भएको विषयलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनलाइन हस्ताक्षर अभियान सुरु गरेका थिए । यो अभियानमा करिब ३ लाख बढीले हस्ताक्षर गरिसकेका छन् । यही अभियानका कारण आफूलाई ज्यान मार्ने धम्की आएको दीपकेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप