मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

४५ दिनमा सकियो ‘बेहुली’को छायाङ्कन

शनिबार, ०९ जेठ २०८३, १७ : २६
शनिबार, ०९ जेठ २०८३

काठमाडौँ । फिल्म ‘बेहुली’ को छायाङ्कन सकिएको छ । दुई वटा गीतको छायाङ्कन बाँकी गर्दै निर्माण युनिटले ४५ दिनमा फिल्म प्याकअप गरेको हो ।

फिल्ममा पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी तथा सुशान्त कार्कीको मुख्य भूमिका छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’ को प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी जनै पूर्णिमाको अवसर पार्दै भदौ १२ गतेबाट आउँदैछ ।

सङ्गीतकार अर्जुन पोखरेलको निर्माण रहेको फिल्म सशान कँडेलले निर्देशन गरेका हुन् । फिल्ममा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली , विमल यादव, अविरल श्रेष्ठ, सबिन कट्टेल र समायरा थापामगर लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

कार्यकारी निर्माता सुमन थिङ तामाङ र सहनिर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन (डीओपी), विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व छ ।

फिल्मलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्मस् र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप