ओलीले भने– मेरो कुरा भोलि भन्छु, तपाईंहरूले सम्झाउनु पर्दैन
काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठेको छ ।
शनिबारको बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनी आक्रोशित बनेका थिए । त्यस क्रममा ओलीले भने, ‘म नेतृत्व छाड्दिनँ ।'
बैठकको माहोल आफ्नो विपक्षमा देखिएपछि ओलीले असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै भने, ‘मलाई नसम्झाउनुस्, तपाईंहरूले सम्झाउनुपर्दैन । म नेतृत्व छाड्दिनँ । पार्टीलाई अफ्ठ्यारो पार्ने काम कसैले पनि नगर्नुहोस्, त्यसैले अहिले नेतृत्व बदल्ने कुरा नगर्नुहोस् ।’
सचिवालयमा अल्पमतमा परेका ओलीले थप जवाफका लागि भोलिका लागि पर्खिएका छन् । उनले भने, ‘मेरो कुरा भोलि भन्छु ।’
पार्टीभित्र बढ्दो असन्तुष्टिबिच महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईसहित नेताहरू खुलेरै अध्यक्षको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् ।
शुक्रबार पहिलो दिनको बैठकमा ५ मध्ये ४ उपाध्यक्षले ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत ओलीको पक्षमा खुलेका थिए ।
अब शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आ–आफ्नो धारणा राख्ने क्रम बाँकी छ । आइतबारको बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राखेपछि ओलीले जवाफ दिएर बैठक सक्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण