वीरगन्ज नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
सारांश
- वीरगन्ज भन्सार हुँदै १० महिनामा ७ खर्ब ९४ अर्बको सामान आयात भएको छ।
- यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो।
- पेट्रोलियम पदार्थ, फलाम र मेसिनरीको आयात बढेको छ।
पर्सा । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।
गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए । उनले चालु आवको पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताए । जबकि गत आवको १० महिनामा भने रु छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको १० महिनामा रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ । त्यसैगरी, सोही अवधिमा रु ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । रु ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी रु ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण