ह्वाइट हाउस नजिकै गोली चलेपछि सुरक्षा सतर्कता उच्च
सारांश
- ह्वाइट हाउस नजिकै गोली चलेको घटनापछि सुरक्षा सतर्कता उच्च पारिएको छ ।
- एफबीआईले घटनाको अनुसन्धान गरिरहेको र थप जानकारी चाँडै सार्वजनिक गरिने बताएको छ ।
- घटना हुँदा राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रै थिए र पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
काठमाडौँ । अमेरिकाको राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस नजिकै गोली चलेको खबर सार्वजनिक भएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ । सुरक्षा निकायहरूले यस घटनाप्रति तत्काल रेस्पोन्स गरेका छन् । हालसम्म यस घटनामा कोही घाइते भएको विवरण भने प्राप्त भएको छैन ।
एफबीआईका निर्देशक काश पटेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै सुरक्षा अधिकारीहरूले गोली चलेको घटनामा रेस्पोन्स गरिरहेको र यसबारे थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने बताएका छन् ।
गोलीबारीको घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बताइएको । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले ह्वाइट हाउस क्षेत्रमा आवतजावत बन्द गरी घेराबन्दी गरेको छ भने नेशनल गार्डका सैनिकहरूले वासिङ्टनको मुख्य क्षेत्रमा पत्रकारहरूलाई प्रवेश गर्न रोक लगाएका छन् ।
समाचार संस्था अल जजीराका अनुसार ह्वाइट हाउसको ‘नर्थ लन’ (उत्तरतर्फको चौर) नजिकैबाट ३० राउन्डभन्दा बढी गोली चलेको आवाज सुनिएको थियो । हाल ह्वाइट हाउसलाई विभिन्न आपत्कालीन सवारी साधन र सुरक्षा निकायहरूले घेरेका छन् । घटनाको समयमा राष्ट्रपति ट्रम्प ‘ओभल अफिस’ भित्र रहेको बुझिए पनि ह्वाइट हाउसले उनको अवस्थाबारे हालसम्म आधिकारिक रूपमा कुनै पुष्टि वा जानकारी सार्वजनिक गरेको छैन ।
यसैबिच, ह्वाइट हाउसको उत्तरतर्फको चौरमा रहेका पत्रकारहरूले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूहरूलाई तत्काल ‘प्रेस ब्रिफिङ रुम’ भित्र शरण लिन आदेश दिइएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण