धीरेन अनुपमको ‘प्रच्छाया’ विमोचन
सारांश
- सुर्खेतका साहित्यकार धीरेन अनुपमको ‘प्रच्छाया’ नामक गजल सङ्ग्रह शनिबार मध्यपश्चिम विश्वविद्यालयमा विमोचन गरिएको छ ।
- वरिष्ठ कलाकार प्रेमदेव गिरीले विमोचन गरेको उक्त गजल सङ्ग्रहमा समाज परिवर्तनशील, क्रान्तिकारी र पारिवारिक भावलाई प्रमुखता दिइएको छ ।
- तीन दशकदेखि गजल साहित्यमा क्रियाशील अनुपमको यस कृतिले समाजको वास्तविक चित्र प्रस्तुत गरेको समालोचक र विमोचकले बताएका छन् ।
सुर्खेत । सुर्खेती साहित्यकार तथा गजलकार धीरेन अनुपमको ‘प्रच्छाया’ नामक गजल सङ्ग्रह विमोचन गरिएको छ । शनिबार बेलुका मध्यपश्चिम विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गरेर उनको उक्त गजल पुस्तक विमोचन गरिएको हो ।
वरिष्ठ कलाकार प्रेमदेव गिरीले पुस्तक विमोचन गरेका थिए । उक्त गजल सङ्ग्रहमा समाज परिवर्तनशील, क्रान्तिकारी र पारिवारिक भावलाई प्रमुखताका साथ जोड दिइएको छ ।
अनुपम गजल साहित्यको चर्चित नाम हो । विगत ३ दशकदेखि पश्चिम नेपालको गजल साहित्यमा उनी क्रियाशील छन् ।उनै अनुपमले तयार गरेको प्रच्छायाले समाजको वास्तविक चित्र देखाएको समालोचक ऋषि शर्मा सुदामले बताए ।
‘साहित्य भनेको सन्देश दिने हुनुपर्छ,’ उनले भने, ‘यो पुस्तकले सामाजिक चित्र बोकेको छ ।’ त्यस्तै, वरिष्ठ कलाकार प्रेमदेव गिरीले साहित्यले समाज बोल्नुपर्ने बताए । ‘यो पुस्तकमा मैले यही कुरा पाएको छु,’ गिरीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण