हेर्नुहोस् साताका ७ तस्बिर
सारांश
- यो साता संसदमा प्रतिपक्षी दलले प्रधानमन्त्री बालेन शाहको जवाफ माग्दै वेल घेराउ गरेपछि तनाव उत्पन्न भयो ।
- नवनियुक्त प्रधानन्यायाधीश मनोज शर्माले सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ लिए ।
- विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा नयाँ कीर्तिमानसहित काठमाडौँ आइपुगे ।
काठमाडौँ । यो साता सबैभन्दा चर्चाको विषय बन्यो-संसदको तनाव । प्रधानमन्त्री बालेन शाहले सदनलाई जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले बिहीबार वेल घेराउ गरे । यद्यपि विरोधका बिच सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाए ।

त्यसबाहेक आइतबार नेकपा एमालेले काठमाडौँको बल्खुस्थित पार्टी कार्यालय परिसरमा ३३औँ मदन–आश्रित स्मृति सभा आयोजना गर्यो ।
_vnxkxYPTKP.jpg)
मङ्गलबार नवनियुक्त प्रधान न्यायाधीश मनोज शर्माले सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गरे ।
_eVq4eWPv1H.jpg)
बुधबार तिलगङ्गा क्षेत्रको बस्ती हटाइएपछि स्थानीय बासिन्दाले पूर्वसम्झौता विपरीत घर भत्काइएको भन्दै विरोध प्रदर्शन गरे ।
_5egzlY9jv8.jpg)
यसैगरी बिहीबार तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलायो ।
_dpxF4N8zaz.jpg)
यसैगरी शुक्रबार विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा नयाँ कीर्तिमानसहित काठमाडौँ आइपुगे। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले स्वागत गरेका थिए ।
_7JZ8si6inl.jpg)
शनिबार काठमाडौँको दरबारमार्ग क्षेत्रमा १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल सम्पन्न भयो ।
_nmwARftAp3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण