पुटिनको आदेशपछि युक्रेनमा व्यापक आक्रमण
सारांश
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि रुसले युक्रेनको राजधानी किभमाथि व्यापक क्षेप्यास्त्र आक्रमण गरेको छ ।
- पूर्वी लुहान्स्क क्षेत्रको स्टारोबिल्स्कस्थित एक कलेज छात्रावासमा युक्रेनी ड्रोन आक्रमण भएको दाबी गर्दै पुटिनले यो कदम चालेका हुन् ।
- यस आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्, जसमध्ये १५ वर्षीय किशोर पनि छन् ।
किभ । रुसले युक्रेनमा बृहत् स्तरमा हमला गरेको छ । युक्रेनी आक्रमणको प्रतिशोध लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएपछि रुसले युक्रेनको राजधानी किभमाथि व्यापक क्षेप्यास्त्र आक्रमण गरेको हो ।
रुसको नियन्त्रणमा रहेको पूर्वी लुहान्स्क क्षेत्रको स्टारोबिल्स्कस्थित एक कलेज छात्रावासमा युक्रेनी ड्रोन आक्रमण भएको दाबी गर्दै पुटिनले रक्षा मन्त्रालयलाई प्रतिशोधात्मक कदमको प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए ।
शनिबार राति रुसी मिसाइल र ड्रोनले किभलाई निशाना बनाइएको थियो । आक्रमणमा सरकारी कार्यालय, आवासीय र स्कुल नजिक एक पछि अर्को गर्दै शक्तिशाली विस्फोट भएका थिए । उक्त आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणबाट आवासीय भवन, विद्यार्थी छात्रावास, कार सेवा केन्द्र र सपिङ मलसमेत प्रभावित भएका छन् । किभका मेयर भिटाली क्लिट्स्कोले घाइतेमध्ये १५ वर्षीय किशोर पनि रहेको जानकारी दिएका छन् ।
तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनी वायुसेनाले राति ‘ओरेश्निक’ नामक मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार हुनसक्ने चेतावनी जारी गरेको थियो ।
किभका सैनिक प्रशासक टिमुर त्काचेन्कोले राजधानी ‘विशाल ब्यालिस्टिक आक्रमण’ अन्तर्गत रहेको भन्दै नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेका थिए । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ओरेश्निक मिसाइल प्रयोग गर्न सक्ने सूचना अमेरिकी तथा युरोपेली साझेदारहरूबाट प्राप्त भएको बताएका थिए ।
उनले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि तत्काल दबाब बढाउन आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले पनि मन्त्रालयमार्फत किभस्थित अमेरिकी दूतावासलाई सम्भावित रुसी मिसाइल आक्रमणको सूचना प्राप्त भएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण