बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिराज ढुङ्गानाको नेतृत्वमा अनौठो विरोध र्‍याली, तस्बिरहरू

आइतबार, १० जेठ २०८३, १८ : ४४
आइतबार, १० जेठ २०८३

काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर रूपमा गरिरहेको मूल्यवृद्धिको विरोधमा आज जेनजी अभियन्ता मिराज ढुङ्गानाको नेतृत्वमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचढाई हातले डोर्‍याएर विरोध र्‍याली निकालेको हो।

‘पेट्रोलियम पदार्थमा ६ कर माफ अभियान’ अन्तर्गत आयोजित र्‍याली चौबीसकोठी चोकबाट सुरु भई लायन्सचोकमा पुगेर समापन भएको थियो। कार्यक्रममा सहभागी युवाहरूले “गरी खान देऊ” र “महँगीको मारमा सुशासन फरार” लगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए।

आन्दोलनकारीहरूले सर्वसाधारणलाई महँगीको चर्को मारबाट राहत दिन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका विभिन्न शीर्षकका ६ वटा कर तत्काल खारेज वा कटौती गर्नुपर्ने माग गरेका छन्।

माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी समेत आयोजकले दिएका छन्।

01-Chitwan_protest_miraj_Nepal Photo Library102-Chitwan_protest_miraj_Nepal Photo Library203-Chitwan_protest_miraj_Nepal Photo Library304-Chitwan_protest_miraj_Nepal Photo Library405-Chitwan_protest_miraj_Nepal Photo Library506-Chitwan_protest_miraj_Nepal Photo Library607-Chitwan_protest_miraj_Nepal Photo Library708-Chitwan_protest_miraj_Nepal Photo Library809-Chitwan_protest_miraj_Nepal Photo Library910-Chitwan_protest_miraj_Nepal Photo Library10

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप