काभ्यालाई प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ फुटसलको उपाधि
सारांश
- काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु-१६ छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
- फाइनल खेलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २-० गोलले पराजित गर्यो।
- प्रतियोगितामा काठमाडौं लोक शिक्षणका विजेश वाइबा उत्कृष्ट खेलाडी, काभ्याका आराध्य रेग्मी उत्कृष्ट गोलरक्षक, समृद्धिका समन महर्जन उदीयमान खेलाडी र काभ्याका विप्लोप दर्लामी सर्वाधिक गोलकर्ता बने।
काठमाडौँ । काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा भएको फाइनल खेलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २–० गोलले पराजित गर्यो।
एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भएको प्रतियोगितामा एन्जल्स हार्ट मावि तेस्रो भयो। तेस्रो स्थानका लागि भएको खेलमा एन्जल्स हार्ट माविले समृद्धिलाई ४–२ गोलले हराएको थियो।
प्रतियोगितामा काठमाडौं लोक शिक्षणका विजेश वाइबा उत्कृष्ट खेलाडी, काभ्याका आराध्य रेग्मी उत्कृष्ट गोलरक्षक, समृद्धिका समन महर्जन उदीयमान खेलाडी र काभ्याका विप्लोप दर्लामी सर्वाधिक गोलकर्ता बने। त्यसैगरी, समृद्धि उदीयमान टिम घोषित भयो।
विजेता खेलाडी तथा टोलीलाई जुनियर फुटबल एकेडेमीका संस्थापक र हेड कोच प्रज्ज्वलप्रताप क्षेत्री, आयोजक एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिमबहादुर थापा, प्रतियोगिता संयोजक सुमन तिमल्सिना लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 'फाइभ ए साइड' विधाको यस एकदिने प्रतियोगितामा ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण