सेती नदीको २५० फिट गहिरो खोँचबाट युवकको शव निकालियो
सारांश
- सेती नदीको २५० फिट गहिरो खोँचबाट सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ।
- भारतको सितामढीका ३४ वर्षीय मुकेश महतो शनिबार राति सेती नदीको खोँचमा हाम फालेर बेपत्ता भएका थिए।
- घटनास्थलमा पुगेको सशस्त्र प्रहरीको टोलीले आइतबार बिहान विशेष प्रयासपछि शव फेला पारी नेपाल प्रहरीलाई बुझाएको छ।
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित सेती नदीको खोँचमा हाम फालेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ।
भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतो शनिबार राति पौने १० बजेको समयमा सेती नदीको खोँचमा हाम फाली बेपत्ता भएको खबर प्राप्त भएको थियो।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमान्डमा १८ जनाको विपद् व्यवस्थापन टोली राति नै घटनास्थलमा खटिएको थियो। तर, रातको समयमा खोजी गर्दा फेला नपरेपछि टोली फर्किएको थियो।
आइतबार बिहानै ६:४० बजे पुनः सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली खोजतलासका लागि परिचालन गरिएको थियो। उक्त टोलीले अथक प्रयासपछि बिहान ९:४५ बजे अन्दाजी २५० फिट गहिरो खोँचबाट रोप रेस्क्यु विधिको प्रयोग गरी महतोको शव बाहिर निकालेको हो।
सशस्त्र प्रहरीले शव निकालेर नेपाल प्रहरीलाई बुझाएपछि कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण