विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार
सोमबार, ११ जेठ २०८३, २२ : ३६
सारांश
- विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार छ ।
- मेक्सिकोकी राष्ट्रपतिले इरानी टोलीको आतिथ्यमा समस्या नरहेको बताइन् ।
- इरानले मेक्सिकोको तिजुआनामा बस्न चाहेको थियो ।
काठमाडौँ । विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको मेक्सिकोले बताएको छ ।
मेक्सिकोलाई सन् २०२६ को विश्वकपका लागि इरानी टोली आतिथ्यमा कुनै समस्या नरहेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सोमबार बताएकी हुन् । इरानले आफ्नो समूह मूल योजनाअनुसार टक्सन, एरिजोनामा नबस्ने तर यसको विकल्पमा मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा बस्न चाहेको बताएको थियो ।
राष्ट्रपति शेनबामले इरानी टोलीको व्यवस्थापनबारे गरिएको पत्रकार सम्मेलनमा भनिन्, “अमेरिका इरानी फुटबल समूह र इरानी शुभेच्छुकलाई आफ्नो भूमिमा राख्न चाहँदैनथ्यो । त्यसैले इरानले मेक्सिकोमा बस्नका लागि अनुमति मागेका थिए र हामीले उनीहको प्रस्तावलाई स्वीकार गरेका छौँ । उनीहरूलाई राख्न कुनै समस्या छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण